काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले फरक खालको ब्रिफकेस प्रयोग गरेका छन् उनले पहिलो पटक अल्लो र ढाकाबाट बनेको ब्रिफकेस प्रयोग गरेका छन् । यसअघि छालाको कालो ब्रिफकेस प्रयोग हुने गरेकोमा नयाँ खालको ब्रिफकेस प्रयोग भएको मन्त्रालयले जानकारी दिएको छ । ठमेलको युनिक लेदर ह्यान्डिक्राफ्ट प्रालीबाट खरिद गरिएको अर्थ मन्त्रालयले जानकारी
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ । मन्त्रिपरिषदको बैठकले भर्खरै बजेट पास गरेसँगै संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैछन । https://youtu.be/l_-rspoSq-c
काठमाडौं । मन्त्रिपरिषद्बाट आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ।
काठमाडौ।आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो । हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान गरेका छन् । ३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस
काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको
काठमाडौं । मङ्गलवार १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक ३ बजेका लागि सरेको छ । सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेशमा सहमति जुटेपछि समितिमा बस्ने नेताहरुको नाम टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो । मन्त्रिपरिषद्बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन अनुसार सरकारले सदन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८१/०८२ को नीति तर्जुमाका लागि ‘वित्तीय व्यवस्थापन’, ‘पूर्वाधार विकास’ र ‘सेवा प्रवाह’ क्षेत्रमा जनप्रतिनिधि, सरोकारवाला अधिकारी तथा विज्ञहरुबाट पृष्ठपोषण लिएको छ । शनिबार ‘नीति संवाद’ कार्यक्रम आयोजना गर्दै विषयगत विज्ञबाट प्रस्तुतिकरण, सामुहिक एवं अन्तरक्रियात्मक छलफलबाट पृष्ठपोषण लिएको हो । महानगरपालिकाले तर्जुमा
काठमाडौँ । नयाँ सडक क्षेत्रमा पहिले सवारी पार्किङ् गर्ने गरिएको भागबाट पार्किङ् प्रयोजन हटाएपछि त्यो भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जानकारी दिएको छ । भित्री सहरी क्षेत्रको व्यवस्थापन महानगरपालिका आफैँले गरिरहेको छ । नयाँ सडकको मर्मत गर्ने, सुधार गर्ने, सडक कालोपत्रे गर्ने काम पहिले
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको ६१ औँ वार्षिक प्रतिवदेन पेश गरिएको छ । राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति भवन शीलत निवासमा आइतबार आयोजित कार्यक्रममा सो प्रतिवेदन पेश गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले महालेखा परीक्षकको काममा बढोत्तरी हुँदै गइरहेको सन्दर्भमा सरकारी सम्पत्तिको सही सदुपयोग भए नभएको र
काठमाडौँ। नेपालको संविधानअनुसार आर्थिक वर्ष २०८१/२०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) यही जेठ १५ गते दिउँसो १ बजे प्रस्तुत हुने भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले आगामी आवको बजेट दुवै सदनको संयुक्त बैठकमा दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुहुने जानकारी गराएका छन् ।