Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि सम्झौता


काठमाडौ। सरकारले बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि अनुदान सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।

बुधवार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल र बेलायत सरकारबीच वर्षा र लैङ्गिक तथा मानव विकास अभिवृद्धि सम्बन्धि दुई वटा विषयमा अनुदान सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र बेलायतको तर्फबाट बेलायती दुतावासका विकास निर्देशक तथा उपराजदुत पीपा बिर्डले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार वर्षा कार्यक्रमका लागि ३८.५ मिलियन अमेरिकी डलर नेपाली ६ अर्ब ५० करोडको रकमको रहेको छ । दोस्रो लैङ्गिक तथा मानव विकास अभिवृद्धि गर्नेका लागि ३८.८ मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँ ६ अर्ब ५८ करोड) सहयोग गर्ने सम्झौता भएको छ ।

यी कार्यक्रमहरूले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित स्थानीय सरकार र समुदायको क्षमता अभिवृद्धि गर्नुका साथै कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा मानव पुँजी निर्माण र आधारभुत सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्य राखिएको छ ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?