Trending
>>   मौद्रिक नीति पछि पहिलो पटक ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि र स्वास्थ्य सामग्री हस्तान्तरण, बिरामीलाई निःशुल्क उपलब्ध गराइने >>   भानु जयन्ती नेपाली भाषाको गौरव गाउने महान दिनः सभामुख घिमिरे >>   आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीमा काठमाडौंमा शोभायात्रा >>   टेक्सास बाढी अमेरिकी इतिहासकै घातक प्राकृतिक प्रकोप >>   नेपाल र नेपाली जीवित रहेसम्म भानुभक्तको महत्व रही रहन्छः शिक्षामन्त्री पन्त >>   वेस्ट बैंक विध्वंसले दशौं हजार विस्थापित >>   इयु प्रमुखद्वारा ट्रम्पको कर नीतिको आलोचना >>   गाजामा इजरायली आक्रमणबाट ४६ जनाको मृत्यु >>   आजको राशिफल : २०८२ साल असार २९ गते आइतबार
Logo
२९ असार २०८२, आईतवार
२९ असार २०८२, आईतवार

सूचना-प्रविधि


सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधनका लागि पहल गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक ओहोदामा रहेका व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक रहने गरी गोपनीयतासम्बन्धी कानुनमा संशोधनका लागि पहल गरिने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री दाहालले सुशासनका लागि सार्वजनिक पदमा रहेका व्यक्तिका व्यक्तिगत विवरण जनताले सूचनाका

एनसेल बिक्री प्रकरण : महालेखापरीक्षक शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन

काठमाडाैं। सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । उक्त समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधी समेत दिइएको सञ्चार

दियालो बङ्गला सर्वसाधारणको लागि खुला हुँदै

२१ , मङ्सिर ,चितवन । भरतपुर महानगरपालिकाको आग्रहपछि यहाँको दियालो बङ्गला सर्वसाधारणका लागि सन् २०२४ को प्रारम्भदेखि खुला गरिने भएको छ । नेपाल ट्रष्टको बुधबार बसेको ७८ औँ सञ्चालक समितिको बैठकले दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका सदस्य देवीचन्द्र उपाध्यायका अनुसार यसको सञ्चालनका सम्बन्धमा

चितवन राष्ट्रिय निकुञ्जमा देखियो मकुना

२० ,मङ्सिर ,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बथानबाट छुटिएर आएको दाह्रा नभएको भाले हात्ती ( मकुना) देखापरेको छ । निकुञ्जको पूर्वी क्षेत्र सौराहा आसपासका क्षेत्रमा यो हात्ती देखिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा यो हात्ती विगत तीन दिनदेखि देखिएको छ । बथान छोडेर आएका हात्तीले समाजमा

श्रम स्वीकृति लिन कार्यालयमा नआउन वैदेशिक रोजगार विभागको आग्रह

काठमाडौं। वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनका लागि कार्यालयमा भौतिक रूपमा नआउन आग्रह गरेको छ । श्रम स्वीकृतिको कार्य पूर्ण रूपमा अनलाइन मार्फत हुँदै आएको भन्दै सोही आधारमा अनलाइन मार्फत नै लिन सबैमा अनुरोध गरेको हो । वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइनबाट घरबाटै सेवा प्राप्त हुने गरी व्यवस्था

जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने पहिलो दायित्व हो : एसपी कोइराला

डोटी। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउने प्रमुख दायित्व रहेको बताएका छन् । त्यस्तै मङ्गलवार जिल्ला प्रहरी कार्यालय डोटीले आयोजना गरेको पत्रकारहरू सँगको भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक कोइरालाले जिल्लाको समग्र सुरक्षा व्यवस्था, अपराध नियन्त्रण लगायतको सवालमा आफू निर्मम भएर लाग्ने बताएका

एनसेल प्रकरणमा छानबिनका लागि तयार रहन सभापति रविको चुनौती

काठमाडाैं। एनसेल किनबेचको विवाद चर्कँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुरुवाती दिन देखिनै कुन कुन नेताले कति कति रकम खाए रु भन्दै छानबिनको लागि तयार हुन चुनौती दिएका छन् । बुधबार बिहान सामाजिक सञ्जालमा उनले यस्तो प्रश्न राखेका हुन् । स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल

औपचारिक माध्यमबाट विप्रेषण पठाउन अनुरोध

काठमाडाैं। नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले

वैज्ञानिक अनुसन्धानमा युवाहरूलाई प्रोत्साहित गर्छौं : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । बुधबार बिहान नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४१औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका छन् । ‘विज्ञान तथा प्रविधि विकासको लागि नेपाल सरकारले १ अर्बको

गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न माग

काठमाडौं। भैरहवास्थित गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन माग गरिएको छ । नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सो माग गरेको हो । त्यस्तै, प्रतिनिधिमण्डलले आज क्यानका महानिर्देशक प्रदीप अधिकारिलाई ज्ञापनपत्र बुझाउँदै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन सो माग

सम्वन्धित समाचारहरु