Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

धार्चे बजारकाे निगरानी सिसी क्यामेराबाटै


गोरखा। उत्तरी गोरखाको धार्चे गाउँपालिकाको सदरमुकाम रहेको माछिखोला बजारलाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालिएको छ । उक्त गाउँपालिकाको केन्द्र रहेको माछिखोला बजारमा शुक्रबारदेखि सिसी क्यामेरा जडान गरी निगरानी गर्न थालिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

‘‘माछिखोलामा बजार क्षेत्र विस्तारसँगै सुरक्षाको चुनौती बढेकाले बजारमा सिसी क्यामेरा जडान गरिएको छ,” उनले भने, ‘‘थोरै सुरक्षाकर्मी रहेकाले बजारलाई सुरक्षित राख्न माछिखोला बजारसहित आसपासका सात ठाउँमा सिसीक्यामेरा जडान गरिएको छ ।”

अहिले जडान गरिएका क्षेत्रबाहेक आवश्यकताअनुसार अझै बजार क्षेत्रमा क्यामेरा थप गर्दै लैजाने अध्यक्ष गुरुङले जानकारी दिए । अहिले बसपार्क क्षेत्रमा दुई वटा, रेसेखोला क्षेत्र, जनजागृति स्कुल तथा सो क्षेत्रमा रहेको बजारसमेटिने गरी तीन वटा क्यामेरा जडान गरिएको छ ।

त्यस्तै गाउँपालिका भवन क्षेत्रको उत्तर दक्षिण बजार समेट्ने गरी दुई र तल्लो बजार क्षेत्रमा एउटाका साथै पालिका कार्यालयभित्र थप चार वटा क्यामेरा जडान गरिएको छ । जडान गरिएका सिसी क्यामेरा रातको समयमा समेत स्पस्ट देख्न सकिने क्षमताको रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताएका छन् ।

“माछिखोला बजार क्षेत्रको सुरक्षाका लागि जडान गरिएको क्यामेरा चौविसै घण्टा सञ्चालनमा आउनेछन्”, उनले भने, ‘‘रातदिन सञ्चालन गर्नाका लागि विद्युत्को समस्या नहोस् भनेर सोलारसहित क्यामेरा जडान गरिएको छ । जडान भएका सात वटा क्यामेराले बजार क्षेत्रको सहजै अनुगमन गर्न सकिन्छ।” उक्त क्यामेरा जडानका लागि करिब पाँच लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?