Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सुरक्षण मुद्रणसम्बन्धी भरपर्दो र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ: मन्त्री शर्मा


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धि भरपर्दो र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिने बताएकि छन् । देशभित्र नै सुरक्षण मुद्रणसम्बन्धी भरपर्दो र गुणस्तरीय काम गर्नका लागि एक विशिष्टीकृत निकायको स्थापना गरिने उनले उल्लेख गरिन् ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचारधीन सुरक्षण मुद्रणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उठेका प्रश्नको आज जवाफ दिँदै मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सुरक्षण मुद्रणका कामलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्दै यसका लागि कानुन बनेपछि बेग्लै संयन्त्र खडा हुने जानकारी दिइन् । उक्त केन्द्र स्थापना भए स्वदेशमै नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रजस्ता महत्वपूर्ण सामग्रीको मुद्रण भई राष्ट्रिय पुँजी विदेशिनबाट जोगिने उनको भनाइ थियो ।

उक्त राष्ट्रियसभाबाट पारित भई आएको उक्त विधेयकमा सुरक्षण मुद्रणसम्बन्धी कार्यको प्राधिकार रहने गरी केन्द्र स्थापनाको प्रस्ताव गरिएको छ । नेपाल सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले उक्त विधेयक २०७७ सालमा सदनमा प्रस्तुत भएको र चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सुरक्षण मुद्रणका काम र मुद्रण विभागका काम एकै निकायबाट गर्ने व्यवस्था भएकाले कतिपय सन्दर्भमा फेरबदल आएको उल्लेख गर्दै मन्त्रालयले सुरक्षण मुद्रणलाई बेग्लै केन्द्र बनाएर मुद्रण विभागलाई पनि यथावत् राख्ने गरी राय दिएको अवगत गराइन् ।

उनले अतिरिक्त हुलाक सेवालाई चरणबद्धरुपमा खारेज गर्ने र हरेक स्थानीय तहमा एउटा हुलाक सेवा विभाग स्थापना गर्ने सरकारको योजना रहेको बताइन । त्यस्तै, मन्त्रालयका सचिव कृष्णबहादुर राउतले राष्ट्रियसभाबाट प्राप्त संशोधन र मूल विधेयक तथा वर्तमान परिवेशलाई आत्मसात् गरेर सांसदहरुबाट आउने सुझावका आधारमा विधेयकलाई समृद्ध बनाउन सकिने बताए ।

उक्त समितिका सभापति भानुभक्त जोशीको अध्यक्षतामा बसेको उक्त बैठकमा समितिका सदस्य डा. चन्द्र भण्डारीले कानुन बनाउँदा विदेशमा प्रयोग भएका व्याख्या र शब्दावलीलाई ‘कपिपेष्ट’ गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । समितिका अर्का सदस्य देवेन्द्र पौडेलले मुद्रण क्षेत्रमा कार्यरत जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत निकायलाई पनि संलग्न गराउने गरी सुरक्षण मुद्रण केन्द्रले काम गर्नसक्ने बताए ।

त्यस्तै, अर्का सदस्य सुमना श्रेष्ठले सुरक्षण मुद्रणमा महत्वपूर्ण सामग्रीको गोपनीयता भङ्ग वा दुरुपयोग हुँदा बढी अवधिको कैद सजायभन्दा आर्थिक जरिवाना बढी राखिएमा अपराध गर्न खोज्ने व्यक्ति निरुत्साहित हुने धारणा राखे ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?