Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

चार दिनदेखि एनओसीको सेवा अवरुद्ध


१ ,पुष ,काठमाडौँ । शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा हिजो दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका थिए ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिन गएका विद्यार्थीले विगत चार दिनदेखि धाउनुपरेको भन्दै दिनभर नाराबाजी गरेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको हातामा रहेको एनओसी शाखाले गत बिहीबारदेखि सर्भर डाउन भएर सेवा अवरुद्ध विद्यार्थी चार दिनदेखि धाउँदा पनि पत्र नपाएको भन्दै आक्रोशित विद्यार्थीले नाराबाजी गरेका हुन् ।

वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीले गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको, सेवा अवरुद्ध भएको र सर्भर बन्ना साथ सेवा सुरु हुने उल्लेख गर्दै सूचना टाँस गरेपछि अझै सेवा सुरु भएको छैन ।

भिसाको तयारीमा रहेका र भिसा लागेर उडानको समय नजिकिएका विद्यार्थी नो अब्जेक्सन लेटर पाउन नसक्दा मारमा परेका छन् । विद्यार्थीले चार दिनसम्म पनि सर्बर बनाउन नसक्नु कार्यालय र मन्त्रालयको लापरबाही भएको आरोप लगाएका छन् ।

डाटा भरिएर सर्बर डाउन भएको भन्दै कार्यालयका प्रमुख शान्तिराम पौडेलले कम्प्युटरको हार्ड डिक्स परिवर्तन गर्न खोज्दा पहिलाको सबै डाटा हराउँदा ती सबै डाटालाई रिकभर गर्न समय लागेको बताए । उनले सर्बर खोल्ने प्रयास भइरहेको बताउदै खोल्ने वित्तिकै सेवा दिइने प्रतिबद्धता जनाए ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?