Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

प्रदेश समाचार


नेपाल मेडिकल कलेजमा आवासीय चिकित्सकले बन्द गरे सेवा

९ असोज, काठमाडौं । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले सबै सेवा बन्द गरेका छन् । उनीहरुले सेवा रोकेर अस्पताल बाहिर प्रदर्शन गरेका छन् । सरकारको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएको र यस्तो अवस्थामा काम गर्न चिकित्सकहरुको मनोबल घटेको

क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद एसियाडका लागि चीन प्रस्थान गरेका छन्

९ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद एसियाडका लागि चीनतर्फ प्रस्थान गरेका छन् । एसियाडका लागि नेपाली टोली चीन गएपछि सन्दीप मुद्दाका कारण रोकिएका थिए । आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन् । आफू मानसिक रुपमा तयार नभएको सन्दीपले बताएका थिए । तर

यात्रुवाहक रात्रिबस दुर्घटना, २५ बढी यात्रु घाइते

९ ,असोज ,तुलसीपुर (दाङ) । काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले

तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु

९ ,असोज ,दमौली (तनहुँ) । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय

म्याद गुर्जिएका सामान बिक्री गर्ने ‘डिपार्टमेन्टल स्टोर्स’लाई रु एक लाख जरिवाना

९ ,असोज ,कास्की । पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई रु एक लाख जरिवाना गराइएको छ । जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले बजार अनुगमनलाई निरन्तरता दिने क्रममा सोमबार पोखराका विभिन्न पसलको अनुगमन गरेको थियो । म्याद गुज्रेका सामान बिक्री गरी

फार्मेसी अनुगमन निरन्तर हुन्छ :स्वास्थ्यमन्त्री बस्नेत

८ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको बताउनुभएको छ । विश्व फार्सी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फार्मेसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिनुभयो । “अनुगमनका क्रममा धेरै ठाउँमा

विज्ञापनमा स्वदेशी कलाकारको फोटो प्रयोग गर्न निर्देशन

८ असोज, काठमाडौं । विज्ञापन बोर्डले होर्डिङ बोर्ड, सवारी साधन लगायतका माध्यममा विज्ञापन गर्दा अनिवार्य स्वदेशी कलाकार र व्यक्तिको फोटो राख्न विज्ञापनदाता, एजेन्सी र सञ्चारमाध्यमलाई निर्देशन दिएको छ । विज्ञापन नियमावली-२०८० को नियम ९ (क) को उपनियम ९३० मा पहिलो संशोधन गर्दै बोर्डले नियमानुसार स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी

सेयर बजारमा एकल अंकको सामान्य गिरावट

८ असोज, काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक ५.८९ अंकले घटेर २००४.४५ को विन्दुमा बन्द भएको हो । आइतबार २०१०.३५ को विन्दुमा बन्द भएको नेप्से सोमबार ०.२९ प्रतिशतले गिरावट भएको थियो । गत बिहीबार ४४.३४ अंकको उच्च वृद्धि

चाडपर्व लक्षित बजार अनुगमनमा वाणिज्य विभाग आक्रमक

८ असोज, काठमाडौं । चाडपर्व लक्षित बजार अनुगमनलाई वाणिज्य विभागले तीब्र पारेको छ । २ असोजदेखि सुरु भएको संयुक्त अनुगमनमा दैनिक १३ टोली परिचालन भएको विभागले जनाएको छ । विभागले बजार अनुगमनका लागि कुल मिलाएर १३ टोलीको कार्य विभाजन गरेको छ । जसमा १० टोली दैनिक बजार अनुगमनमा खटिने छन्

एमालेको बागमती प्रदेश अधिवेशन सुरु

८ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा सुरु भएको छ । ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर कार्यक्रम उदघाटन गरिएको छ । अधिवेशन उदघाटनपूर्व निकालिएको र्‍याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो । अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व

सम्वन्धित समाचारहरु