Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

विज्ञापनमा स्वदेशी कलाकारको फोटो प्रयोग गर्न निर्देशन


८ असोज, काठमाडौं । विज्ञापन बोर्डले होर्डिङ बोर्ड, सवारी साधन लगायतका माध्यममा विज्ञापन गर्दा अनिवार्य स्वदेशी कलाकार र व्यक्तिको फोटो राख्न विज्ञापनदाता, एजेन्सी र सञ्चारमाध्यमलाई निर्देशन दिएको छ ।

विज्ञापन नियमावली-२०८० को नियम ९ (क) को उपनियम ९३० मा पहिलो संशोधन गर्दै बोर्डले नियमानुसार स्वदेशी कलाकार वा व्यक्तिको फोटो राखी विज्ञापन गर्न भनेको हो । बोर्डले विज्ञापनबाट विदेशी कलाकार वा व्यक्तिको फोटो हटाउन समेत भनेको छ । बोर्डको यो निर्णयपछि स्वदेशी कलाकार र विज्ञापन बजार अझै विस्तार हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?