Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एमालेको बागमती प्रदेश अधिवेशन सुरु


८ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा सुरु भएको छ । ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर कार्यक्रम उदघाटन गरिएको छ ।

अधिवेशन उदघाटनपूर्व निकालिएको र्‍याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो । अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन् । उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन् । यसअघि ४४७ सदस्यीय रहेको बागमती प्रदेश कमिटी यो अधिवेशनबाट ५ जना पदाधिकारीसहित २४० सदस्यीय बन्नेछ ।

अध्यक्ष पदमा झण्डै आधा दर्जन बढी नेता आकांक्षी छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष केशव पाण्डे, कृष्ण दाहाल, कैलाश ढुंगेल, विजय सुवेदी, भूमि त्रिपाठी, खेम लोहनी, कृष्णभक्त पोख्रेलले लगायत आकांक्षी छन् । सर्वसम्मत अध्यक्ष चयनको प्रयास भइरहे पनि अब त्यो सम्भावना लगभग सकिएको नेताहरुको भनाइ छ । यदि चुनाव हुने स्थिति आएमा केशवराज पाण्डे, कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

यसअघि लुम्बिनी प्रदेशमा सर्वसहमतिको प्रयास असफल भएपछि मतदानबाट नेतृत्व टुंगो लगाइएको थियो ।

 

 


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?