Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

चाडपर्व लक्षित बजार अनुगमनमा वाणिज्य विभाग आक्रमक


८ असोज, काठमाडौं । चाडपर्व लक्षित बजार अनुगमनलाई वाणिज्य विभागले तीब्र पारेको छ ।

२ असोजदेखि सुरु भएको संयुक्त अनुगमनमा दैनिक १३ टोली परिचालन भएको विभागले जनाएको छ । विभागले बजार अनुगमनका लागि कुल मिलाएर १३ टोलीको कार्य विभाजन गरेको छ । जसमा १० टोली दैनिक बजार अनुगमनमा खटिने छन् भने २ टोलीले सूचना संकलन र विभागका आउने उजुरीको प्रशोधनमा काम गर्नेछन् । यस्तै एक टोली बजारमा देखिएको कैफियतको परीक्षण र प्रमाणीकरणमा काम गर्ने गरी खटाइएको छ । विभागका सूचना अधिकारी आनन्द पोख्रेलकाअनुसार बजारमा दैनिक करिब ४० वटा फर्म तथा पसलहरुको अनुगमन भइरहेको छ ।

आइतबार कुल ३९ फर्ममा अनुगमन गरिएकामा १३ फर्मलाई नगद जरिवाना तिराइएको विभागले जनाएको छ । शनिबार ४४ वटा फर्ममा अनुगमन भएको थियो । विभागले ठूला चाडपर्व लक्षित अनुगमनका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुलाई पनि निर्देशन दिइसकेको छ । उपभोक्ता संरक्षण ऐनले हरेक जिल्लाको साहयक प्रमुख जिल्ला अधिकारीलाई बजार अनुगमन अधिकृत तोकेको छ ।

यस्तै स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन गर्ने अधिकार कानुनले दिएको छ ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?