Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चाडपर्व लक्षित बजार अनुगमनमा वाणिज्य विभाग आक्रमक


८ असोज, काठमाडौं । चाडपर्व लक्षित बजार अनुगमनलाई वाणिज्य विभागले तीब्र पारेको छ ।

२ असोजदेखि सुरु भएको संयुक्त अनुगमनमा दैनिक १३ टोली परिचालन भएको विभागले जनाएको छ । विभागले बजार अनुगमनका लागि कुल मिलाएर १३ टोलीको कार्य विभाजन गरेको छ । जसमा १० टोली दैनिक बजार अनुगमनमा खटिने छन् भने २ टोलीले सूचना संकलन र विभागका आउने उजुरीको प्रशोधनमा काम गर्नेछन् । यस्तै एक टोली बजारमा देखिएको कैफियतको परीक्षण र प्रमाणीकरणमा काम गर्ने गरी खटाइएको छ । विभागका सूचना अधिकारी आनन्द पोख्रेलकाअनुसार बजारमा दैनिक करिब ४० वटा फर्म तथा पसलहरुको अनुगमन भइरहेको छ ।

आइतबार कुल ३९ फर्ममा अनुगमन गरिएकामा १३ फर्मलाई नगद जरिवाना तिराइएको विभागले जनाएको छ । शनिबार ४४ वटा फर्ममा अनुगमन भएको थियो । विभागले ठूला चाडपर्व लक्षित अनुगमनका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरुलाई पनि निर्देशन दिइसकेको छ । उपभोक्ता संरक्षण ऐनले हरेक जिल्लाको साहयक प्रमुख जिल्ला अधिकारीलाई बजार अनुगमन अधिकृत तोकेको छ ।

यस्तै स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन गर्ने अधिकार कानुनले दिएको छ ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?