२५ चैत्र, पाल्पा । अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन्
२४ चैत्र, काठमाडाैँ । नयाँ बानेश्वरमा एक जनाले आत्मदाहको प्रयास गरेका छन् । उनले नयाँ बानेश्वरस्थित ट्रलीबस स्टेसन नजिक शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गर्नेमा ५० वर्षीय प्रेम लामा रहेका छन् । उनको प्रहरीले तत्कालै उद्धार गरेको थियो । उनी अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको
२४ चैत्र, भक्तपुर । यहाँका विभिन्न स्थानमा पाइप लाइन बिग्रिएर मेलम्चीको खानेपानी चुहावट भई प्रभावित भएपछि खानेपानीको पाइप लाइन सुधार गरी पानी वितरण गर्न भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । अरनिको राजमार्ग खण्डको सूर्यविनायक बाराही चोकबाट जगाति हुँदै
२४ चैत्र, भैरहवा । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने विश्वास व्यक्त गरका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह गरेका हुन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको आजदेखि सुरु २२औँ वार्षिक साधारणसभा
२४ चैत्र, वीरगञ्ज । वीरगञ्ज महानगरका सडक झिलीमिली र उज्यालो देखिन थालेका छन् । महानगरपालिकाले उज्यालो वीरगञ्ज बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका पोल–पोलमा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि झिलीमिली उज्यालो बनेको हो । “केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अँध्यारो हुने र हिँड्डुल गर्नै नसक्ने स्थिति थियो”,
२४ चैत्र, पाल्पा । पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको छ । कृषि ज्ञानकेन्द्र पाल्पाले इच्छुक कृषकलाई प्रविधि सिकाउन थालेपछि यसप्रति कृषकको आकर्षण बढेको पाइएको छ । कार्यालयले मौरीपालनलाई व्यवसायीकरण गर्न स्थलगतरुपमा मौरी स्रोत विकास केन्द्रमा नै पुगेर कृषकलाई प्रयोगात्मक
२४ चैत्र, काठमाडाैँ। कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) सहीद घोषणा भएका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका हुन् । कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा चैत्र ५ गते घाइते भएका लिम्बुको उपचारको क्रममा
२४ चैत्र, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आइन् । धार्मिकरूपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक मानिने सालको पातबाट तयार हुने टपरी हिजोआज प्रयोग हुने
२४ चैत्र, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ । वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए । उपमहानगरपालिकाका
२३ चैत्र, दाङ । दाङ तुलसीपुर कारागारमा रहेका कैदीमध्ये धेरैजसो जबर्जस्ती करणी मुद्दाका कैदी छन् । कारागारमा रहेका कूल पाँच सय ५७ कैदीबन्दीमध्ये एक सय ८४ जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेको कारागारका सूचना अधिकारी रम्भा केसीले जानकारी दिए । कूल कैदीबन्दीमध्ये एक सय ५० कर्तव्य ज्यान मुद्दाका छन् । तीमध्ये