१२ चैत्र, कैलाली। कैलालीको टीकापुरवासीको एउटा सपना हो– कर्णाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही आशाले अब मूर्तरुप लिनेभएपछि स्थानीय खुसी भएका छन् । लामो समयदेखि पटक–पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण
१२ चैत, डुम्रे । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको छ । बन्दीपुरका होटल व्यवसायी सूर्य ढकाल भन्छन्, ‘बन्दजस्तै भएको व्यवसाय अहिले केही मात्रामा चयलायमान भएको छ ।’ सर्वजानिक बिदा
१२ चैत्र, कर्णाली । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए ।
१२ चैत,कास्की । अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ । नदीबाट अवैज्ञानिकरूपमा नदीजन्य सामग्रीको उत्खननले नदी तीव्ररूपमा कुरुप हुँदै गएपछि संरक्षणका लागि अभियान सुरु गरिएको हो । केही वर्षदेखि नदीबाट ढुङ्गा, बालुवा र
१२ चैत्र, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक किनारालाई हरियाली बनाउने अभियान अगाडि सारेको छ । विभिन्न संघसंस्थाको सहकार्यमा उपमहानगरले अभियान कार्यान्वयनमा ल्याएको हो । अभियानअन्र्तगत मोहना–अत्तरिया सडकमा काठमाडौंको जावलाखेल ग्रूपदेखि नगर विकास कोषको सहयोगमा बिरुवा रोपिएका छन् । सडकको बीचभागमा वृक्षरोपण गर्नुका साथै तारजालीसमेत लगाएको छ । ६ लेन सडकको
११ चैत्र ,काठमाडौँ । बागमती प्रदेशका १९ पत्रकारलाई पर्यटन पत्रकारिता तालिम प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको आयोजनामा सिन्धुपाल्चोक र नुवाकोटको सीमा चिसापानीमा शुक्रबार र शनिबार दुई दिन तालिम सञ्चालन गरिएको हो । मुलुकको आर्थिक स्थिति मजबुत बनाउन पर्यटन क्षेत्र महत्वपूर्ण रहेकाले प्रचार–प्रसारलगायतबाट यसमा सहयोग पुर्याउने उद्देश्यले
११ चैत्र ,कर्णाली । हुम्ला खार्पुनाथ गाउँपालिका निवासी लेखिका वसन्ती शाहीको ‘समय सकस’ पुस्तक लोकार्पण गरिएको छ । उक्त पुस्तक नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आज लोकार्पण गरेका हुन् । पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले पुस्तक लोकार्पण गर्दै विश्व महामारीका रूपमा फैलिएको कोरानाकालमा मानव जातिले
११ चैत्र, बैतडी । बैतडीको पाटनस्थित विमानस्थलमा हवाई सेवा बन्द भएको एक वर्ष भएको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिकरूपमा हुने गरेको हवाई सेवा गत चैतदेखि बन्द भएको हो । साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । हवाई भाडा महँगो
११ चैत्र, मोरङ । विभिन्न कारणले समाजमा एकल जिवन बिताइरहेका महिलाको जीवनस्तर उकास्ने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका–२ ले वडामा रहेका १३ एकल महिलालाई सहयोग गरेको छ । वडा नं २ ले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका १३ एकल महिलालाई बाख्राका पाठापाठी वितरण गरेको हो । वडाले ‘लक्षित वर्ग उत्थान
११ चैत्र, धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्षीय चालक सागर चौधरी, सहचालक