Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

बागमतीका पत्रकारलाई पर्यटन पत्रकारिता तालिम


११ चैत्र ,काठमाडौँ । बागमती प्रदेशका १९ पत्रकारलाई पर्यटन पत्रकारिता तालिम प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको आयोजनामा सिन्धुपाल्चोक र नुवाकोटको सीमा चिसापानीमा शुक्रबार र शनिबार दुई दिन तालिम सञ्चालन गरिएको हो ।

मुलुकको आर्थिक स्थिति मजबुत बनाउन पर्यटन क्षेत्र महत्वपूर्ण रहेकाले प्रचार–प्रसारलगायतबाट यसमा सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका सचिव युवराज पुरीले जानकारी दिए ।

शनिबार समापन कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटकलाई आकर्षण गर्न सके देश विकासले फड्को मार्ने बताए ।

उनले पर्यटनका लागि प्रशस्त सम्भावनाका क्षेत्र रहे पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको बताउँदै त्यसको पहिचान गरी अगाडि बढ्न पत्रकारलाई आग्रह समेत गरे ।

तालिममा बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले प्रदेश समितिले पत्रकारका लागि समाजिक सुरक्षा कोष कार्यक्रम अघि बढाएको जानकारी दिँदै पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

तालिमले अझै पर्यटन पत्रकारितामा लाग्न प्रेरणा र थप ऊर्जा मिलेको तालिमका सहभागी काभ्रेका ज्योति श्रेष्ठ र चितवनका अपिल अधिकारीले बताए ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?