Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बागमतीका पत्रकारलाई पर्यटन पत्रकारिता तालिम


११ चैत्र ,काठमाडौँ । बागमती प्रदेशका १९ पत्रकारलाई पर्यटन पत्रकारिता तालिम प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको आयोजनामा सिन्धुपाल्चोक र नुवाकोटको सीमा चिसापानीमा शुक्रबार र शनिबार दुई दिन तालिम सञ्चालन गरिएको हो ।

मुलुकको आर्थिक स्थिति मजबुत बनाउन पर्यटन क्षेत्र महत्वपूर्ण रहेकाले प्रचार–प्रसारलगायतबाट यसमा सहयोग पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका सचिव युवराज पुरीले जानकारी दिए ।

शनिबार समापन कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटकलाई आकर्षण गर्न सके देश विकासले फड्को मार्ने बताए ।

उनले पर्यटनका लागि प्रशस्त सम्भावनाका क्षेत्र रहे पनि प्रचार–प्रसारको अभावमा ओझेलमा परेको बताउँदै त्यसको पहिचान गरी अगाडि बढ्न पत्रकारलाई आग्रह समेत गरे ।

तालिममा बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले प्रदेश समितिले पत्रकारका लागि समाजिक सुरक्षा कोष कार्यक्रम अघि बढाएको जानकारी दिँदै पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम, कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

तालिमले अझै पर्यटन पत्रकारितामा लाग्न प्रेरणा र थप ऊर्जा मिलेको तालिमका सहभागी काभ्रेका ज्योति श्रेष्ठ र चितवनका अपिल अधिकारीले बताए ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?