Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२८ पुष २०८२, सोमबार
२८ पुष २०८२, सोमबार

प्रदेश समाचार


लग्जम्बर्गका मन्त्रीले भने – बेथानचोक र लग्जम्बर्ग उस्तै लाग्यो

२३ वैशाख, काभ्रेपलाञ्चोक । लग्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फोइड शुक्रबार बेथानचोक गाउँपालिका पुगे । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोकको परिवेश र स्थानीय बालीनाली देखेर उनलाई लग्जम्बर्गको कुनै भूगोलमै छु झैँ लाग्यो । गाउँपालिकाको प्राङ्गणमा ग्रामीण विकास महिला तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडका पदाधिकारी एवं स्थानीयसँगको

पाथीभरा जाने क्रममा झापाका एक व्यक्ति बेपत्ता

२३ वैशाख, ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका–५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् । पाथीभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरियामार्फत मन्दिरतर्फ जाने क्रममा पराजुली बीच बाटोबाटै बेपत्ता भएका हुन् । भरियालाई पिसाब गर्न जाने भनेर निस्किनुभएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि

बाघ लुक्ने झाडी फाड्दै वडा कार्यालय

२३ वैशाख, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत पर्ने बेलौरी नगरपालिकामा बाघ लुक्ने झाडी फाड्ने काम भइरहेको छ । बाघले मान्छे मारेको बेलौरी नगरपालिका–८ पचुईंस्थित खप्टीनालाको करिब दुई किलोमिटर क्षेत्रको झाडी फाडिएको हो । बाघ आक्रमणको घटनापछि यहाँका स्थानीय त्रसित छन् । नगरपालिकासँग समन्वय गरेर बाघ लुक्न सक्ने भएकाले पचुईं क्षेत्रको झाडी

ड्युटीमा खटिएका सशस्त्रका सईमाथि खुकुरी प्रहार

२३ वैशाख, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ । दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार÷पाँचजनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ । सशस्त्र प्रहरी बल ३५ नं

मनाङका विद्यालयमा पुस्तक पुर्याउनै सकस

२३ वैशाख, मनाङ। हिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ । विस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक पुग्नै समय लाग्छ । विद्यालयमा पुस्तक पुर्याउन पुस्तक पसलमार्फत टेण्डरमा ल्याउनुपर्ने भएकाले अझ पुस्तक ढिला गरी आउन थालेको छ । विद्यालयले ल्याउने गरेको अवस्थामा केही

पाँचबुँदे घोषणापत्र जारी गर्दै सकियो पोखरा ताल सम्मेलन

२३ वैशाख, पोखरा । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको तीन दिने तालसम्मेलन प्रतिबद्धतासहितको पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ । तीन दिनसम्म जारी सम्मेलनले पोखरा उपत्यकाको नौ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई

बाँदर आतङ्कले खेतीयोग्य जमिन बाँझिदै

२३ वैशाख, पाल्पा । राम्रो उब्जाउशिल जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन् । मकै, गहुँ, आलु, गेँडागुडी, तरकारीलगायतका विभिन्न बाली लगाएर स्याहार्न नपाएपछि हिजोआज कृषकले खेती गर्नै छाडेको बताउछन्

पाँच सय र हजारको नक्कली नोटसहित दुई जना पक्राउ

२३ वैशाख, काठमाडाैँ । नेपाल प्रहरीले रु पाँचसय र एक हजारको नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री किनबेच गरेको सूचनाका आधारमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो

सदरमुकाम ल्याइयो हिमपहिरोमा परेर ज्यान गुमाएकाको शव, २ जना अझै बेपत्ता

२३ वैशाख, दार्चुला । दार्चुलाको व्यास गाउँपालिकाका–१ भोलेनको हिउँ पहिरोमा परेर ज्यान गुमाएका तीन जनाको शव शुक्रवार साँझ छ बजे सदरमुकाम ल्याइएको छ । दुई जना भने अझै बेपत्ता अवस्थामा छन् । हिम पहिरोमा परेर ज्यान गुमाएका दार्चुलाकै दुहँ गाउँपालिका–४, का १८ वर्षीय प्रवीण कुँवर, उनकी आमा ३६ वर्षीय कमला कुँवर

घर बनाउने क्रममा पुरिएर चार जनाको मृत्यु

२३ वैशाख, इलाम । इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ । आज अपराह्न ४:४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् । मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला

सम्वन्धित समाचारहरु