Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

प्रदेश समाचार


अर्थतन्त्र सुधारका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : मुख्यमन्त्री चौधरी

८ ,भाद्र ,बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन् । नेपाल जेसीजले तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र ‘घ’ सम्मेलन उद्घाटन गर्दै आज मुख्यमन्त्री चौधरीले पलायन भइरहेका युवा जनशक्तिलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताए । उनले लुम्बिनी प्रदेशमा दुई लाख

प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गरेको आरोपमा तीनजना पक्राउ

८ भदाै, झापा । शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै काममा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका–९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकास भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु छन् । उक्त स्थानमा लागूऔषध

कर्मचारीसँग पैसा उठाउने वन निर्देशकलाई संसदीय समितिले बोलायो

८ भदाै, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमत्त वन निर्देशक कृष्णदत्त भट्टले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीलाई गाली गरेको र मातहतका कार्यालयबाट पैसा उठाएको विषयमा छानबिन गर्न प्रदेश सभाको उपसमितिले बयान लिने भएको छ। भट्टले गाली गरेको र मातहतका कर्मचारीबाट रकम लिएको अडियो र भिडियो सार्वजनिक भएपछि प्रदेश

विद्युत् कार्यालयमा लागेको आगो नियन्त्रणमा

८ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित नेपाल विद्युत् प्राधिकरण पावर हाउसको सामुदायिक भवनमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । नेपाल प्रहरी, स्थानीय, वारुणयन्त्रको दुई वटा दमकल तथा एउटा पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । वनस्थलीस्थित

ओझेलमा नेवारे झरना

८ भदाै, ढोरपाटन । नजिकै कालीगण्डकी नदी, वरपर घनाजङ्गल । बीचमा छ, नेवारेखोला झरना । प्राकृतिक सुन्दरताले भरिएको यो झरना अहिलेसम्म गुमनाम थियो । बागलुङ बजार नजिकै रहेको नेवारेखोला झरना काठेखोलाको छेउमै रहेको छ । बागलुङ नगरपालिका–१० मा रहेको यस झरनाको अग्लो पहाडबाट झरेको छ । वरपर शान्त, स्वच्छ र मनोरम

एक वर्षमै ९ सय किताब पढिन् ८ वर्षीया लीनाले

८ भदाै, स्याङ्जा । नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ‘ए’ को पावर हाउस जाने बाटोको नजिकै छ सत्यदेवी माध्यमिक विद्यालय । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलामबेल्टारीमा अवस्थित उक्त विद्यालयमा कक्षा दुईमा अध्ययनरत छिन् स्थानीय लीना पाण्डे । आठ वर्षीया लीनाले एक वर्षको अवधिमा आठ सय ६७ पुस्तक पढेर सबैलाई चकित

हर्क साम्पाङलाई अदालतको आदेश – व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश गरेर धरपकड नगर्नु

८ भदाै, धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएकाे छ । शुक्रबार न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हाे । साम्पाङविरूद्ध रोशन अधिकारी र

स्थानीय तहमा कर्मचारीको काम एउटा जिम्मेवारी अर्को

८ भदाै, दाङ । बङ्गलाचुली गाउँपालिका–४ गदारी निवासी ७१ वर्षीय गोमा कवर सुरक्षा भत्ता लिन तीन घण्टा हिँडेर वडा कार्यालय मर्पेस पुग्नुभयो । त्यहाँ कर्मचारी कम थिए । वडासचिवले दुईवटा वडा हेर्ने भएकाले पालो पर्खेर बस्नुपर्ने भयो । पर्खदा पर्खदै कार्यालय बन्द हुने बेला हुन आँट्यो । कर्मचारीहरू व्यस्त भए पनि

प्रचारप्रसार नहुँदा ओझेलमा १३ तले आकाशदेवी मन्दिर

८ भदाै, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ। ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ। विसं २००८ मा स्थापना भएको उक्त मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनःनिर्माण गरी जिल्लाकै अग्लो १३ तले मन्दिरका

काभ्रेमा १० दिनमा ८ जनाले गरे आत्महत्या, रोकथामका लागि प्रहरीको सचेतना सुरू

८ भदाै, काभ्रे । दश दिनमा आठ जनाले आत्महत्या गरेपछि इलाका प्रहरी कार्यालय बनेपाले आत्महत्या रोकथाम गर्न विद्यालयस्तरमा सचेतना अभियान थालेको छ । उक्त अवधिमा आत्महत्या गर्ने आठमध्ये छ विद्यार्थी भएपछि प्रहरीले पहिलो चरणमा विद्यालयस्तरमा सचेतना अभियान थालेको जनाएको छ । दिनहुँ आत्महत्याका घटना भइरहँदा इप्रका बनेपाले बनेपा नगरपालिका, पनौती नगरपालिका

सम्वन्धित समाचारहरु