Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

काभ्रेमा १० दिनमा ८ जनाले गरे आत्महत्या, रोकथामका लागि प्रहरीको सचेतना सुरू


८ भदाै, काभ्रे । दश दिनमा आठ जनाले आत्महत्या गरेपछि इलाका प्रहरी कार्यालय बनेपाले आत्महत्या रोकथाम गर्न विद्यालयस्तरमा सचेतना अभियान थालेको छ । उक्त अवधिमा आत्महत्या गर्ने आठमध्ये छ विद्यार्थी भएपछि प्रहरीले पहिलो चरणमा विद्यालयस्तरमा सचेतना अभियान थालेको जनाएको छ ।

दिनहुँ आत्महत्याका घटना भइरहँदा इप्रका बनेपाले बनेपा नगरपालिका, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा अभियान सञ्चालन गरेको हो । ‘जनचेतनामूलक मनोबल अभिवृद्धि कार्यक्रम’ नाम दिई सञ्चालन गरिएको सचेतनाका लागि अधिकृतस्तरका प्रहरी तथा बनेपास्थित शिर मेमोरियल अस्पतालका मनोसामाजिक परामर्शकर्तासहित विद्यालयका कक्षाकोठामा कार्यक्रम सञ्चालन गरिएको हो  ।

“दिनदिनै आत्महत्याका डरलाग्दा घटना भएकाले अभियान सञ्चालन गरिरहेका छौँ”, इप्रका बनेपाका इन्चार्ज प्रहरी नायब उपरीक्षक रेशम बोहोराले भने । उनका अनुसार तीन दिनमा तीन स्थानीय तहका २५ सामुदायिक तथा निजी विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । पहिलो चरणमा एक हप्ता सञ्चालन गरिने सचेतनामा करिब ५० विद्यालयमा कार्यक्रम गरिने योजना बनाएको जनाइएको छ ।

पछिल्लो हप्ता बनेपा तथा आसपासका स्थानीय तहमा विद्यालय उमेर समूहकै बालबालिकाले आत्महत्या गरेका थिए । प्रहरीले सचेतना अभियानमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकलाई सहभागी गराएको छ ।

विद्यालयस्तरको अभियान प्रभावकारी हुने अपेक्षा गरिएको सहभागी अभिभावकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा झुन्डिएर ७१ र विष सेवनबाट १४ गरी ८५ जनाले आत्महत्या गरेका थिए । यीमध्ये भुम्लु गाउँपालिकामा १० वर्षका र बनेपा–१२ महेन्द्रज्योति बाँस्डोलमा १२ वर्षीय बालकले आत्महत्या गरेका हुन् । यस्तै आव २०७८÷७९ मा ८९ ले झुन्डिएर र २३ विष सेवनबाट गरी एक सय १२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । आव २०७७÷७८ मा भने झुन्डिएर ९३ र विष सेवनबाट ४२ र हामफालेर एक गरी एक सय ३८ ले ज्यान गुमाएका थिए ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?