Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

काभ्रेमा १० दिनमा ८ जनाले गरे आत्महत्या, रोकथामका लागि प्रहरीको सचेतना सुरू


८ भदाै, काभ्रे । दश दिनमा आठ जनाले आत्महत्या गरेपछि इलाका प्रहरी कार्यालय बनेपाले आत्महत्या रोकथाम गर्न विद्यालयस्तरमा सचेतना अभियान थालेको छ । उक्त अवधिमा आत्महत्या गर्ने आठमध्ये छ विद्यार्थी भएपछि प्रहरीले पहिलो चरणमा विद्यालयस्तरमा सचेतना अभियान थालेको जनाएको छ ।

दिनहुँ आत्महत्याका घटना भइरहँदा इप्रका बनेपाले बनेपा नगरपालिका, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा अभियान सञ्चालन गरेको हो । ‘जनचेतनामूलक मनोबल अभिवृद्धि कार्यक्रम’ नाम दिई सञ्चालन गरिएको सचेतनाका लागि अधिकृतस्तरका प्रहरी तथा बनेपास्थित शिर मेमोरियल अस्पतालका मनोसामाजिक परामर्शकर्तासहित विद्यालयका कक्षाकोठामा कार्यक्रम सञ्चालन गरिएको हो  ।

“दिनदिनै आत्महत्याका डरलाग्दा घटना भएकाले अभियान सञ्चालन गरिरहेका छौँ”, इप्रका बनेपाका इन्चार्ज प्रहरी नायब उपरीक्षक रेशम बोहोराले भने । उनका अनुसार तीन दिनमा तीन स्थानीय तहका २५ सामुदायिक तथा निजी विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । पहिलो चरणमा एक हप्ता सञ्चालन गरिने सचेतनामा करिब ५० विद्यालयमा कार्यक्रम गरिने योजना बनाएको जनाइएको छ ।

पछिल्लो हप्ता बनेपा तथा आसपासका स्थानीय तहमा विद्यालय उमेर समूहकै बालबालिकाले आत्महत्या गरेका थिए । प्रहरीले सचेतना अभियानमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकलाई सहभागी गराएको छ ।

विद्यालयस्तरको अभियान प्रभावकारी हुने अपेक्षा गरिएको सहभागी अभिभावकले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा झुन्डिएर ७१ र विष सेवनबाट १४ गरी ८५ जनाले आत्महत्या गरेका थिए । यीमध्ये भुम्लु गाउँपालिकामा १० वर्षका र बनेपा–१२ महेन्द्रज्योति बाँस्डोलमा १२ वर्षीय बालकले आत्महत्या गरेका हुन् । यस्तै आव २०७८÷७९ मा ८९ ले झुन्डिएर र २३ विष सेवनबाट गरी एक सय १२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । आव २०७७÷७८ मा भने झुन्डिएर ९३ र विष सेवनबाट ४२ र हामफालेर एक गरी एक सय ३८ ले ज्यान गुमाएका थिए ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?