Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अर्थतन्त्र सुधारका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : मुख्यमन्त्री चौधरी


८ ,भाद्र ,बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल जेसीजले तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र ‘घ’ सम्मेलन उद्घाटन गर्दै आज मुख्यमन्त्री चौधरीले पलायन भइरहेका युवा जनशक्तिलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

उनले लुम्बिनी प्रदेशमा दुई लाख युवालाई रोजगारी सिर्जनाका लागि कार्यक्रम ल्याएको र उक्त कार्यक्रमका लागि सहयोग गर्न जेसीजसमक्ष आग्रह गरे ।

मुलुकको भविष्य युवाको काँधमा रहेको बताउँदै उनले युवालाई जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गरे ।

जेसिजमा उद्यमशील युवा आबद्ध रहेको भन्दै उनले रोजगारी सिर्जनामा सरकारले जेसिजसँग सहयोगको अपेक्षा गरेको बताए ।

नेपाल जेसीजका अध्यक्ष विकास मानन्धरले जेसिजमा १८ देखि ४० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको जानकारी गराउँदै युवाको नेतृत्व विकासमा काम गर्दै आएको भनाइ राखे ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले देशको नेतृत्व युवाले गर्नुपर्ने बेला आएको बताउँदै त्यसका लागि तयार हुन आग्रह गरे ।

उनले व्यापार घाटाका कारण देशको अर्थतन्त्र खस्ँकदो अवस्थामा रहेको भन्दै त्यसलाई सही बाटोमा ल्याउनका लागि आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनु आवश्यक रहेको बताए ।

तिलोत्तमा जेसिजको आतिथ्यतामा दुई दिनसम्म चल्ने जेसिज क्षेत्र घ सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा प्यानल छलफल हुने तिलोत्तमा जेसिजका अध्यक्ष प्रकाश गौतमले बताए ।

सम्मेलनमा क्षेत्र ‘घ’ अन्तर्गतका गैँडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिब पाँच सय सहभागी रहेको तिलोत्तमा जेसिजका महासचिव महेश पौडेलले जानकारी गराए ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?