Trending
>>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

अर्थतन्त्र सुधारका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : मुख्यमन्त्री चौधरी


८ ,भाद्र ,बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन् ।

नेपाल जेसीजले तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र ‘घ’ सम्मेलन उद्घाटन गर्दै आज मुख्यमन्त्री चौधरीले पलायन भइरहेका युवा जनशक्तिलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

उनले लुम्बिनी प्रदेशमा दुई लाख युवालाई रोजगारी सिर्जनाका लागि कार्यक्रम ल्याएको र उक्त कार्यक्रमका लागि सहयोग गर्न जेसीजसमक्ष आग्रह गरे ।

मुलुकको भविष्य युवाको काँधमा रहेको बताउँदै उनले युवालाई जिम्मेवार भएर प्रस्तुत हुन पनि आग्रह गरे ।

जेसिजमा उद्यमशील युवा आबद्ध रहेको भन्दै उनले रोजगारी सिर्जनामा सरकारले जेसिजसँग सहयोगको अपेक्षा गरेको बताए ।

नेपाल जेसीजका अध्यक्ष विकास मानन्धरले जेसिजमा १८ देखि ४० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको जानकारी गराउँदै युवाको नेतृत्व विकासमा काम गर्दै आएको भनाइ राखे ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले देशको नेतृत्व युवाले गर्नुपर्ने बेला आएको बताउँदै त्यसका लागि तयार हुन आग्रह गरे ।

उनले व्यापार घाटाका कारण देशको अर्थतन्त्र खस्ँकदो अवस्थामा रहेको भन्दै त्यसलाई सही बाटोमा ल्याउनका लागि आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनु आवश्यक रहेको बताए ।

तिलोत्तमा जेसिजको आतिथ्यतामा दुई दिनसम्म चल्ने जेसिज क्षेत्र घ सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा प्यानल छलफल हुने तिलोत्तमा जेसिजका अध्यक्ष प्रकाश गौतमले बताए ।

सम्मेलनमा क्षेत्र ‘घ’ अन्तर्गतका गैँडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिब पाँच सय सहभागी रहेको तिलोत्तमा जेसिजका महासचिव महेश पौडेलले जानकारी गराए ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?