Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

हर्क साम्पाङलाई अदालतको आदेश – व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश गरेर धरपकड नगर्नु


८ भदाै, धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएकाे छ ।

शुक्रबार न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा जारी गर्दै व्यक्तिको जग्गामा प्रवेश नगर्न, थुनामा नराख्न र धरपकड नगर्न अन्तरिम आदेश दिएको हाे ।

साम्पाङविरूद्ध रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नाे जमिनमा प्रवेश गरेर धरपकड गरेकाे भन्दै रिट दायर गरेका थिए । मेयर साम्पाङले धरान ४ स्थित छोटी मोरङ डाँडामा अधिकारीको व्यक्तिगत जग्गामा वृक्षारोपण गरेका थिए ।

गत सोमबार सोही जग्गामा मेयर साम्पाङ पुग्दा ठूलो विवाद भएको थियो । सो विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?