Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१४ फाल्गुन २०८२, बिहीबार
१४ फाल्गुन २०८२, बिहीबार

प्रदेश समाचार


सुप्रेम शारदा पत्रकारिता पुरस्कार पत्रकार भण्डारीलाई

१ जेष्ठ ,गण्डकी । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा स्थापित सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो । पुरस्कार राशि रु ५१ हजार नगद र सम्मानपत्र छ । महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाको

पर्सा बजारमा बस दुर्घटना : ३१ जना घाइते

१ जेष्ठ ,चितवन । पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हँुदा ३१ जना घाइते भएका छन् । कलैयाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराती दुर्घटना भएको हो । खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

हलेसी तुवाचुङमा गहत खेती प्रवद्र्धन कार्यक्रम

१ जेष्ठ ,खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले गहत खेती प्रवद्र्धन कार्यक्रम ल्याएको छ । लोपोन्मुख बनेको गहत खेतीलाई प्रोत्साहन गर्दै किसानको आयआर्जनमा टेवा पुर्याउने लक्ष्यका साथ नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम ल्याएको हो । गहत बालीको उत्पादकत्व वृद्धि गर्दै बजारीकरण गर्ने र गहतलाई किसानको भरपर्दो आम्दानीको माध्यम बनाउने लक्ष्यका साथ

वैदेशिक रोजगारीका पीडितलाई क्षतिपूर्ति प्रदान

१ जेष्ठ ,दमौली । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् । वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा चालु आर्थिक वर्षमा रु दुई करोड ७१ लाख ९५ हजार पाँच सय

पोखरेबगर–चित्रे सडक कालोपत्र

१ जेष्ठ ,म्याग्दी । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–फलाते हुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे

४८ वर्षदेखि भुम्लुवासी लालपुर्जाविहीन

१ जेष्ठ ,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय स्थानीय ४८ वर्षदेखि लालपुर्जाविहीन समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ । उनलाई बागमती प्रदेशसभा सदस्य रुकु चौलागाई, भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक भोला अर्याललगायतको एक टोलीले भेट गरी

‘बुस्टर डोज’ लगाउने न्यून

१ जेष्ठ ,महेन्द्रनगर । कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुवरले यहाँ ‘बुस्टर डोज’को पहिलो र दोस्रो मात्रा लगाइएको जानकारी दिए । “नौवटै पालिकाका स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको

‘बधाई दिन आउँदा खादामाला नल्याउनुहोला ’

१ जेष्ठ ,गण्डकी । गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा भेटघाटमा आउँदा खादामाला नल्याउन आग्रह गरेका छन् । बधाई तथा शुभकामना दिँदा खादामाला, पुष्पगुच्छा आदि प्रयोग नगर्न उनले सर्वसाधारणमा आग्रह गर्नुरेका हुन् । खादामालामा अनावश्यक फजुल खर्च हुने र वातावरणीय स्वच्छतामा पनि हानी

हतियारसहित भारतीय युवक पक्राउ

३१ वैशाख ,जलेश्वर । महोत्तरी प्रहरीले आज जिल्लाको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट हतियारसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको बाजोपट्टी ग्राम पञ्चायत वडा नम्बर–६ बस्ने रामवृक्ष यादवका छोरा २६ वर्षीय पप्पु यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

हेटौँडा उपमहानगरले माग्यो बजेटमा सुझाव

३१ वैशाख ,वागमती । हेटाैँडा उपमहागनरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ । यसका लागि उपमहानगरले क्यूआर कोड सार्वजनिक गरेको छ । उपमहागनरपालिकाले सुझाव सङ्कलन गर्नका लागि सबै नागरिक कार्यालयमा उपस्थित हुन नभ्याउने भएकाले क्यूआर कोड सार्वजनिक गरेको छ । “हेटौँडा

सम्वन्धित समाचारहरु