Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

‘बधाई दिन आउँदा खादामाला नल्याउनुहोला ’


१ जेष्ठ ,गण्डकी । गण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा भेटघाटमा आउँदा खादामाला नल्याउन आग्रह गरेका छन् ।

बधाई तथा शुभकामना दिँदा खादामाला, पुष्पगुच्छा आदि प्रयोग नगर्न उनले सर्वसाधारणमा आग्रह गर्नुरेका हुन् । खादामालामा अनावश्यक फजुल खर्च हुने र वातावरणीय स्वच्छतामा पनि हानी पुर्याउने भएकाले त्यस्ता वस्तुको प्रयोगलाई निरुत्साहित गर्न लागिएको मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ ।

मन्त्रीसँग भेटघाटमा आउँदा खादामाला, फूल, ‘बुके’ स्वीकार नगरिने सचिवालयको सूचनामा उल्लेख छ । मन्त्रालयमा अत्यावश्यकबाहेक हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म भेटघाटको समय तय गरिएको मन्त्री जुग्जालीका स्वकीय सचिव सुदिन पौडेलले जानकारी दिए ।

म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित उहाँ गत शुक्रबार मन्त्रीमा नियुक्त भएका थिए । मन्त्री जुग्जाली अघिल्लो सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।

नेपाली कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार बनेपछि उनि पुनः मन्त्री बनेका हुन् । शुक्रबार पदभार सम्हालेपछि मन्त्री जुग्जालीले प्रादेशिक सडकको गुरुयोजना बनाउने पहिलो निर्णय गरेका थिए ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?