Trending
>>   आचारसंहिता उल्लङ्घन गर्ने मिडियामाथि निगरानीः कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार >>   पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी >>   मतदानकै दिन साँझदेखि मतगणना शुरु हुनेः नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य >>   उज्यालो नेपाल पार्टीले शनिवार खुला मञ्चमा उज्यालो प्रतिवद्धता सभा गर्ने >>   सामाजिक सञ्जालमा भिड्ने काम नगरौँ, मुलुकमा घृणा फैल्याउँछः गगनकुमार थापा >>   पुराना राजनीतिक दलहरुले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए: डा. स्वर्णिम वाग्ले >>   आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा उदाउनुपर्छः ईश्वर पोखरेल >>   मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ? >>   पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिनुस : रवि लामिछाने >>   निर्वाचनको सरगर्मीः सुनसान सिंहदरबार
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड


नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी निर्वाचनमा काँग्रेसको पक्षमा देशव्यापी जनलहर सिर्जना भएको दाबी गर्नुभएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसका कर्मठ र लोकप्रिय उम्मेदवारहरूले मतदातासँग सघन अन्तरक्रिया गरिरहेको र अपेक्षित चुनावी परिणामको पूर्वाभ्यास भइसकेको बताउनुभएको हो । प्रवक्ता चालिसेले बदलिँदो राजनीतिक संक्रमणलाई चिर्दै मुलुकको स्थिति सम्हाल्न र लोकइच्छा मुताविक समृद्ध राष्ट्रका लक्ष्यहरू पूरा गर्नसक्ने एक मात्र दल काँग्रेस भएको जिकिर गर्नुभयो । उहाँले निर्वाचन अघिको संवेदनशील परिस्थितिमा लोकतन्त्रको रक्षाका लागि नागरिकहरूले देखाएको समर्थनप्रति आभार समेत प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अति लोकप्रियता र प्रतिगमनका पक्षमा गैरजिम्मेवारी ढंगले आम मनोविज्ञानलाई प्रभाव पार्ने तत्वहरू शिथिल बन्दै गएका छन् । नेपाली काँग्रेसप्रति चौतर्फी आकर्षण बढेको छ । विभिन्न दलका उच्चस्तरका राजनीतिक व्यक्तित्व र जनप्रतिनिधिहरू कांग्रेस प्रवेश गर्ने लहर चलेको छ ।’

प्रचारप्रसार अन्तिम सातामा प्रवेश गरिरहँदा पार्टीका शिर्ष नेताहरू देशका विभिन्न प्रमुख सहरहरूमा आयोजना हुने चुनावी सभामा सहभागी भइरहेको जानकारी दिनुभयो  । चालिसेले नवलपरासी, सुर्खेत र बाँकेमा सम्पन्न सभाहरूमा अन्य दल परित्याग गरी सयौँ कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको बताउनु भयो । निर्वाचन आचारसंहिताको पालनालाई काँग्रेसले प्रमुख प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले उल्लंघनका घटनाहरूबारे तत्काल छानबिन गरी कारबाही गर्न निर्वाचन आयोगसँग माग गर्नुभयो । भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा मतदान गर्न पाउने अधिकार नागरिकको रहेकाले नागरिक अधिकारको सम्मान गर्नका लागि सरकारले आफ्ना सम्पूर्ण संयन्त्रहरू परिचालन गर्नुपर्ने बताउनु भयो । जेलबाट फरार भएका अपराधीहरू र हतियारसहित बाहिर रहेकाहरुबाट हुनसक्ने अशान्तिप्रति सरकार सचेत हुनुपर्ने काँग्रेसको भनाइ छ । प्रवक्ता चालिसेले बालबालिकालाई निर्वाचनमा प्रयोग गर्ने कार्यको आलोचना गर्दै यसलाई बाल अधिकारको हनन र दण्डनीय गतिविधि भएको ठहर गर्नुभयो । उहाँले कुनैपनि सभ्य पार्टीले राजनीतिक उद्देश्यका लागि बालबालिकाको उपयोग गर्न नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको बहुलता र एकतालाई कमजोर पार्ने विभाजनकारी अभिव्यक्ति र सामाजिक सद्भावमाथि प्रहार गर्ने कार्य सर्वथा अनुचित हो ।’
लोकतन्त्रको रक्षाका लागि सञ्चार क्षेत्र र काँग्रेसबीचको सहकार्य अविच्छिन्न रहने विश्वास व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?