Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२७ मंसिर २०८२, शनिबार
२७ मंसिर २०८२, शनिबार

सुप्रेम शारदा पत्रकारिता पुरस्कार पत्रकार भण्डारीलाई


१ जेष्ठ ,गण्डकी । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा स्थापित सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो ।

पुरस्कार राशि रु ५१ हजार नगद र सम्मानपत्र छ । महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाको संयोजकत्वमा रहेको छनोट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे वैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको युनियनका कार्यवाहक अध्यक्ष रवीना आलेले जानकारी दिईन् ।

पोखरामा रही दुई दशकदेखि पत्रकारितामा सक्रिय भण्डारीले विभिन्न सञ्चार माध्यममा काम गरेकि छन् । उनि यसअघि राष्ट्रपतिबाट जनसेवाश्री विभूषणसहित विभिन्न पुरस्कारबाट पुरस्कृत एवं सम्मानित भइसकेकी छन् ।

संविधानसभा सदस्य, नेपाली कांगे्रसका तत्कालीन आमन्त्रित सदस्य, वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले विसं २०७६ मा प्रेस युनियनले सञ्चालन गर्ने गरी बहिनी शारदा केसीको स्मृतिमा रु छ लाखको अक्षयकोष स्थापना गरेकि थिईन् ।

नेपाली प्रेस युनियन कास्कीको १०औँ अधिवेशनको अवसरमा यही जेठ ७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गरिने कावा अध्यक्ष आलेले बताईन् ।

सोही कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष नवीन सिग्देललाई शान्ति पत्रकारिता पुरस्कार, प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेललाई र २०७९ नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलालाई प्रदान गरिने युनियनका सहसचिव ज्योति हमालले जानकारी दिईन् ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?