Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सुप्रेम शारदा पत्रकारिता पुरस्कार पत्रकार भण्डारीलाई


१ जेष्ठ ,गण्डकी । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलाई सुप्रेम शारदा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा स्थापित सो पुरस्कार पहिलो पटक भण्डारीलाई प्रदान गर्न लागिएको हो ।

पुरस्कार राशि रु ५१ हजार नगद र सम्मानपत्र छ । महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाको संयोजकत्वमा रहेको छनोट समितिको सिफारिसमा नेपाल प्रेस युनियन कास्कीकोे वैठकले भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको युनियनका कार्यवाहक अध्यक्ष रवीना आलेले जानकारी दिईन् ।

पोखरामा रही दुई दशकदेखि पत्रकारितामा सक्रिय भण्डारीले विभिन्न सञ्चार माध्यममा काम गरेकि छन् । उनि यसअघि राष्ट्रपतिबाट जनसेवाश्री विभूषणसहित विभिन्न पुरस्कारबाट पुरस्कृत एवं सम्मानित भइसकेकी छन् ।

संविधानसभा सदस्य, नेपाली कांगे्रसका तत्कालीन आमन्त्रित सदस्य, वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीले विसं २०७६ मा प्रेस युनियनले सञ्चालन गर्ने गरी बहिनी शारदा केसीको स्मृतिमा रु छ लाखको अक्षयकोष स्थापना गरेकि थिईन् ।

नेपाली प्रेस युनियन कास्कीको १०औँ अधिवेशनको अवसरमा यही जेठ ७ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गरिने कावा अध्यक्ष आलेले बताईन् ।

सोही कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष नवीन सिग्देललाई शान्ति पत्रकारिता पुरस्कार, प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेललाई र २०७९ नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलालाई प्रदान गरिने युनियनका सहसचिव ज्योति हमालले जानकारी दिईन् ।


प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?