Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

प्रदेश समाचार


कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग

भेरीगङ्गा, सुर्खेत । कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार प्रदेशमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो । प्रदेशका दश जिल्लामध्ये सल्यान, रुकुम पश्चिम, सुर्खेत खाद्यान्नमा आत्मनिर्भर रहेका छन् भने

एक महिने महामिलन पर्व सुरु

तनहुँ । चार वेद १८ पुराणका रचयिता व्यास ऋषिको जन्मभूमि व्यास शिवापाञ्चायन क्षेत्रमा आजदेखि एक महिने हिन्दू महामिलन पर्व सुरु भएको छ । व्यास ऋषिको तपोभूमि शिवापाञ्चायन क्षेत्रको प्रचारप्रसार गर्दै धार्मिक पर्यटन प्रबर्धन गर्ने उद्देश्यले उक्त पर्वको आयोजना गरिएको हो । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा आजदेखि कात्तिक

त्रिकोणात्मक सिरिज : दशैंमा क्रिकेटको रौनक (फोटोफिचर):-

काठमाडौं ।  नेपाल, हङकङ र यूएईबिचको त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाल र यूएई प्रतिस्पर्धा गरिरहेका छन् । यूएईविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको नेपालका सोमपाल कामीले पहिलो ओभरमै विकेट लिन सफल भएका हुन् । उक्त मुलपानी स्टेडियममा नेपाली समर्थकहरु राष्ट्रिय झण्डा लिएर खेल हेर्न भेला भएका छन् । आज नेपालको

निगमका सबै जहाज सञ्चालनमा

काठमाडौं ।  नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आएका छन् । प्राविधिक समस्या आएका कारण ग्राउण्डेड जहाजहरु सबै सञ्चालनमा आएको निगमले बताएको छ । अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रुमा परेको असुविधा प्रति निगमले क्षमायाचना गर्दै आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान

अन्तर्राष्ट्रिय चुनौती बन्दै जलवायु परिवर्तन : प्रधानमन्त्री

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन अन्तर्राष्ट्रिय चुनौती बनेको बताएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा बुधबार मुस्ताङको जोमसोममा आयोजित जलवायु संवाद कार्यक्रममा उनले दक्षिण एसियाको हिमालय पर्वत शृङ्खला वरिपरि देखा परिरहेको जलवायु परिर्वतको असर विशिष्ट र गम्भीर खालको रहेको उल्लेख गरे । प्रधानमन्त्री

होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ

त्रिवेणी,रुकुम पश्चिम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको छ, अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने

११औं लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जिते

गोरखा । गोरखाको पालुङटारमा बुधवार आयोजित ११औं लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । उपाधि जितेसँगै उनी ११ औं ‘लिगलिगे राजा’ बन्न सफल भएका छन् । चेपेघाटदेखि लिगलिगकोटसम्मको १३.५ किलोमिटर दुरी उनले ५६ मिनेट ३६ सेकेण्डमा पार गरेका थिए भने खोटाङ घर भएका उनी त्रिभुवन आर्मी क्लबमा

विमानस्थलका पसल अनुगमन गर्न वाणिज्य विभागलाई आग्रह

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल भित्र सञ्चालित पसलमा राखिएका वस्तुको मूल्य गुणस्तरको अनुगमन गर्न वाणिज्य विभागसमक्ष अनुरोध गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले उपभोक्ता र यात्रुको हितका लागि वस्तुको मूल्य र गुणस्तर नियन्त्रण गर्नुपर्ने भन्दै पसलको अनुगमन बढाउन विभागको ध्यानाकर्षण गराएको हो । पर्यटन तथा

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो तर यस वर्ष

अवरुद्ध बारपाक–लाप्राक सडकखण्ड सञ्चालन

गोरखा । बर्खाका कारण तीन महिनादेखि अवरुद्ध भएको बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएकोे छ । बर्खाका बेला ठाउँठाउँमा खसेका ठूलाठूला पहिराले गएको असार पहिलो सातादेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबारदेखि सञ्चालनमा आएको सडक पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले जानकारी दिएक छन् । जिल्लाको पर्यटकीय गन्तव्यका रुपमा रहेको बारपाक र लाप्राक

सम्वन्धित समाचारहरु