Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

विमानस्थलका पसल अनुगमन गर्न वाणिज्य विभागलाई आग्रह


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल भित्र सञ्चालित पसलमा राखिएका वस्तुको मूल्य गुणस्तरको अनुगमन गर्न वाणिज्य विभागसमक्ष अनुरोध गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै कार्यालयले उपभोक्ता र यात्रुको हितका लागि वस्तुको मूल्य र गुणस्तर नियन्त्रण गर्नुपर्ने भन्दै पसलको अनुगमन बढाउन विभागको ध्यानाकर्षण गराएको हो ।

पर्यटन तथा नागरिक उड्डयन  मन्त्री किरातीले गरेको अनुगमनका क्रममा विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा रहेका पसलमा एमआरपी भन्दा बढी मूल्यमा सामान बिक्रि गरेको, एमआरपी वा प्राइस ट्याग नटासेको पाइएको छ । उनले गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन प्रतिकुल हुने गरी कुनै पनि गतिविधि नगर्न पसलहरुलाई सचेत गराइएको र वस्तुको बजार मूल्य र गुणस्तरको अनुगमन गर्ने निकाय वाणिज्य विभाग भएकाले सो विभागमार्फत अनुगमन बढाउनु पर्ने विमानस्थल कार्यालयको भनाइ रहेको छ ।

 


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?