Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

एक महिने महामिलन पर्व सुरु


तनहुँ । चार वेद १८ पुराणका रचयिता व्यास ऋषिको जन्मभूमि व्यास शिवापाञ्चायन क्षेत्रमा आजदेखि एक महिने हिन्दू महामिलन पर्व सुरु भएको छ । व्यास ऋषिको तपोभूमि शिवापाञ्चायन क्षेत्रको प्रचारप्रसार गर्दै धार्मिक पर्यटन प्रबर्धन गर्ने उद्देश्यले उक्त पर्वको आयोजना गरिएको हो । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा आजदेखि कात्तिक ३० गतेसम्म महामिलन पर्वको आयोजना गरिएको हो । अट्ठाइसौँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसार गरी धार्मिक पर्यटनका रुपमा प्रबर्धन गर्न लागिएको वेद अनुयायी प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले जानकारी दिए ।

कार्यक्रममा कात्तिक १६ गते संस्कृतिविद् डा. जगमान गुरुङ, कात्तिक २४ गते महेश सन्यास आश्रम देवघाटधामका स्वामी दुई हजार आठ रमणानन्द गिरीजी महाराजको उपस्थिति रहने प्रतिष्ठानका प्रमुख संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले बताएक छन् । उक्त कार्यक्रममा छिमेकी राष्ट्र भरतबाट एक सय आठजना साधुसन्तको समेत उपस्थिति हुने व्यासका अध्येता काशिनाथ न्यौपानेले जानकारी दिदै हिन्दू, बौद्ध, शिखर, जैन वैदिक सनातन धर्मका चार फरक सम्प्रदाय सबैको एकताले मात्र ओमकार परिवार बलियो हुने भएकाले एकै ठाउँमा बसेर महापर्व मनाउन लागेको उनले बताए ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व बोकेको व्यासभूमि ओझेलमा पर्दै गएकाले प्रचारप्रसार गरी पर्यटन आवागमनमा वृद्वि गराउन महामिलन पर्वको आयोजना गरिएको व्यास नगरपालिकाका पूर्वप्रमुख एवं प्रतिष्ठानका सल्लाहकार ताराप्रसाद श्रेष्ठले बताए ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?