Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

एक महिने महामिलन पर्व सुरु


तनहुँ । चार वेद १८ पुराणका रचयिता व्यास ऋषिको जन्मभूमि व्यास शिवापाञ्चायन क्षेत्रमा आजदेखि एक महिने हिन्दू महामिलन पर्व सुरु भएको छ । व्यास ऋषिको तपोभूमि शिवापाञ्चायन क्षेत्रको प्रचारप्रसार गर्दै धार्मिक पर्यटन प्रबर्धन गर्ने उद्देश्यले उक्त पर्वको आयोजना गरिएको हो । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा आजदेखि कात्तिक ३० गतेसम्म महामिलन पर्वको आयोजना गरिएको हो । अट्ठाइसौँ श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसार गरी धार्मिक पर्यटनका रुपमा प्रबर्धन गर्न लागिएको वेद अनुयायी प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले जानकारी दिए ।

कार्यक्रममा कात्तिक १६ गते संस्कृतिविद् डा. जगमान गुरुङ, कात्तिक २४ गते महेश सन्यास आश्रम देवघाटधामका स्वामी दुई हजार आठ रमणानन्द गिरीजी महाराजको उपस्थिति रहने प्रतिष्ठानका प्रमुख संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले बताएक छन् । उक्त कार्यक्रममा छिमेकी राष्ट्र भरतबाट एक सय आठजना साधुसन्तको समेत उपस्थिति हुने व्यासका अध्येता काशिनाथ न्यौपानेले जानकारी दिदै हिन्दू, बौद्ध, शिखर, जैन वैदिक सनातन धर्मका चार फरक सम्प्रदाय सबैको एकताले मात्र ओमकार परिवार बलियो हुने भएकाले एकै ठाउँमा बसेर महापर्व मनाउन लागेको उनले बताए ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व बोकेको व्यासभूमि ओझेलमा पर्दै गएकाले प्रचारप्रसार गरी पर्यटन आवागमनमा वृद्वि गराउन महामिलन पर्वको आयोजना गरिएको व्यास नगरपालिकाका पूर्वप्रमुख एवं प्रतिष्ठानका सल्लाहकार ताराप्रसाद श्रेष्ठले बताए ।


प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?