Trending
>>   सत्ता पाए आरजु देउवा र केपी ओलीलाई पहिला जेल हाल्छु : दुर्गा प्रसाईं >>   रोजगारीको प्रलोभनमा अनलाइन दासत्व: दक्षिण–पूर्वी एशियामा सयौँ नेपाली स्क्यामिङको फन्दामा >>   आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक >>   ९ वटा राजनीतिक दल र १ हजार ३ सय ८९ उम्मेदवारले बैंक खाता सञ्चालनमा ल्याए >>   निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   देश–मधेस विभाजनको राजनीति अन्त्य, विभेदको अन्त्य र सुशासन रास्वपाको मुख्य एजेण्डा : रवि लामिछाने >>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

प्रदेश समाचार


सङ्गठन निर्माणमा जुट्न अध्यक्ष नेपालको निर्देशन

२१ वैशाख ,गोदावरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्गठन निर्माणमा अहोरात्र खट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आयोजित सङ्गठन सुदृढीकरण विशेष अभियान समीक्षा भेलाको उद्घाटन गर्दै उनले सङ्गठन निर्माण र जनजीविकाका मुद्दामा केन्द्रित भएर अहोरात्र खट्न निर्देशन

कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु : मन्त्री गुरुङ

२१ वैशाख ,काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कानून निर्माणको प्रक्रियालाई तीव्रता दिने बताएका छन् । शपथग्रहणपछि मन्त्रालयमा आज पदभार ग्रहणमा उनले निर्माण गर्ने क्रममा रहेका र नयाँ निर्माण गर्नुपर्ने कानूनलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए । उनले आफू स्वतन्त्र न्यायालयप्रति प्रतिबद्ध रहेको भन्दै न्याय प्रणालीलाई

कारोना भाइरस र डेंङ्गु संक्रमितको मृत्यु

२१ वैशाख, धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिए । नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका

बन्दीपुरका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

२१ वैशाख, तनहुँ । बन्दीपुर गाउँपालिकामा सुत्केरीका लागि बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ कार्यपालिका बैठकले गाउँपालिकाभित्रका सुत्केरीलाई बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको हो । बन्दीपुर अस्पतालमा उपचार हुन नसकि दमौली अस्पतालसम्म लैजानुपरेको अवस्थामा पनि निःशुल्क रुपमा सेवा दिने

ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको अवस्था सुधार

२१ वैशाख, काठमाडाैँ । विद्यालय जान सडक छेउ बस कुरिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रकको ठक्करबाट बुधबार घाइते भएका छ बालबालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका

बाजुरामा भूकम्पको धक्का

२१ वैशाख, बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज (बिहीबार) दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको

२ करोड बढीका स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा

२१ वैशाख, जनकपुर । मधेस प्रदेश सरकारले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालका लागि खरिद गरेको उपकरण प्रयोगविहिन अवस्थामा छ । करिब तीन वर्ष पहिला जलेश्वर अस्पतालका लागि रु दुई करोड ५५ लाख ५२ हजारको लागतमा  खरिद गरिएका भेन्टिलेटर, मोनिटर, इको तथा सघन उपचारका उपकरण प्रयोगविहीन अवस्थामा रहँदा पनि सञ्चालनका लागि कुनै

राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउँदा राम्रो हुन्छ : माधव नेपाल

२१ वैशाख, कैलाली । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपालाई सरकारमा ल्याउनेबारे आफूसँग राय लिएको बताउँदै उनले राम्रो हुने उत्तर दिएको बताएका हुन् । ‘रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ।

सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री पाण्डे

२१ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदालाई आयआर्जनसँग जोडेर लानुपर्ने बताएका छन् । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित तीन दिने तालसम्मेलनको आज यहाँ शुभारम्भ गर्दै उनले तालतलैयाको संरक्षणसँगै यसलाई आयआर्जनको स्रोतको रुपमा विकास गरेर जीविकोपार्जनसँग जोडेर लैजानुपर्दछ भने । मुख्यमन्त्री पाण्डेले जङ्गलमा

हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी

२१ वैशाख, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ । दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले हिमपहिरोमा

सम्वन्धित समाचारहरु