Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको अवस्था सुधार


२१ वैशाख, काठमाडाैँ । विद्यालय जान सडक छेउ बस कुरिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रकको ठक्करबाट बुधबार घाइते भएका छ बालबालिकाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । उनका अनुसार ती बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ ।

दुर्घटनामा बन्दीपुर गाउँपालिका–५ बस्ने छ वर्षीया आयुषा भुजेल, दस वर्षीया जस्मिन भुजेल, दस वर्षीय ईश्वर भुजेल, आठ वर्षीय समीर भुजेल र पाँच वर्षीय सन्तोष भुजेल घाइते भएका थिए ।

उक्त दुर्घटनामा सोही ठाउँका १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेलको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये एक बालक र घाइते छ बालक आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत छन् । बालबालिका सधैँ झैँ उक्त दिन पनि  विद्यालय जान बिहान ९ः३० बजे सडक छेउमा उभिएका थिए ।

यत्तिकैमा अचानक डुम्रेबाट आएको ट्रकले बालबालिकालाई ठक्कर दियो । उक्त ट्रकले बालबालिकासँगै सडक छेउमै रहेको एक घरमा पनि ठक्कर दियो । ठक्करबाट विद्यालय जान तयारी गरिरहेका विद्यार्थी र अन्य दुई जना घाइते भएका थिए ।

उक्त घटनाप्रति बन्दीपुर गाउँपालिकाले दुःख व्यक्त गरेको छ । दुर्घटनामा मृत्यु भएका तीन जनाप्रति समवेदना व्यक्त गर्दै गाउँपालिकाले घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले आज जारी गरेको शोक वक्तव्यमा भनिएको छ, “मृतात्माको चीरशान्तिको कामना गर्दै उक्त दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।”

घाइतेको उद्धार तथा उपचारमा संलग्न व्यक्ति, सुरक्षाकर्मी, चिकित्सक, स्थानीय जनप्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि र स्थानीय जनसमुदायमा गाउँपालिकाले आभार व्यक्त गरेको छ ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?