Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी


२१ वैशाख, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले हिमपहिरोमा परी हराएकामध्ये तीन जनाको शव भेटिए पनि बाँकी दुई जनाको अवस्था अझै अज्ञात रहेको बताए ।

“बुधबार तीन वटा शव भेटिएको क्षेत्रतिर बिहानदेखि असईको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ”, उनले भने, “यहाँ रहेका तीन वटा शव आजै परीक्षणका लागि सदरमुकाम खलङ्गा लैजाने विषयमा समन्वय भएको छ ।”

हाल हिमपहिरोमा बेपत्ता ईश्वरी र क्षिमीसोमो नाताले फुपू-भदै हुन् । उनिहरु एक साताअघि मात्रै यार्सागुम्बा सङ्कलनका लागि छाङरु पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

बुधबार सुरक्षाकर्मीको टोलीले दार्चुला दुहँ गाउँपालिका-४ का ३६ वर्षीया कमला कुँवर, उहाँका छोरा १८ वर्षीय प्रवीण कुँवर र डोटीको बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव भेट्याएको थियो ।

यसअघि सशस्त्र प्रहरीको टोलीले यार्सागुम्बा टिप्न गएका सात जनाको उद्धार गरेको थियो । “आज पनि खोजीमा टोली खटिए पनि मौसम अनुकूल भइसकेको छैन”, भट्टले भने, “घटनापछि यार्सा सङ्कलक सुरक्षित स्थानतर्फ झरेका छन् ।” यहाँ रहेका वर्ष दार्चुलालगायतका जिल्लाबाट यार्सा सङ्कलनका लागि आउने गरेका छन् ।


प्रकाशित मिति: २१ बैशाख २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?