Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रदेश समाचार


व्यावसायिक रुपमा दूध बिक्री गर्ने ३०० कृषकलाई अनुदान

२३ असार, मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले व्यावसायिक रुपमा दूध बिक्री गर्ने तीन सय कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले समूह, सहकारी, फार्म, डेरीमार्फत दूध बेच्ने कृषकलाई वर्षभरि बेचेको दूधको परिमाणका आधारमा अनुदान वितरण गरेको हो । दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराउन थालेपछि गाईभैँसीपालन गरी दूध बेच्ने

हेटौँडामा दुई उद्योग स्थापना

२३ असार, हेटाैँडा । हेटौँडा उपमहानगरपालिका नगरक्षेत्रमा दुईवटा गार्मेन्ट उद्योग स्थापना गरिएको छ । उपमहानगरले रू २० लाखको लगानीमा वडा नं ५ र १८ मा उद्योग स्थापना गरेको जनाएको छ । वडा नं ५ मा ‘हेटौँडा गार्मेन्ट समूह उद्योग’ र वडा नं १८ को हर्नामाडीमा ‘स्वरोजगार महिला गार्मेन्ट उद्योग’ स्थापना गरिएको

हात्ती आक्रमणबाट घाइते किशोरीको उपचारमा आर्थिक कठिनाइ

२३ असार, झापा । हात्तीको हिंस्रक आक्रमणमा गम्भीर घाइते भएकी अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीकी १३ वर्षीया इक्सा लिम्बुको उपचारमा आर्थिक अभाव भएको छ । छिमेकी आफन्तको घरमा चार दिनअघि रातको ३ बजेतिर उनि हात्तीको आक्रमणमा घाइते भएकी थिइन् । हाल उनको विर्तामोडस्थित बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको

साकेलाको ‘ढाँडे’ बन्यो पोषणमैत्री नमूना टोल

२३ असार, खोटाङ । साकेला गाउँपालिका–३, खिदिमास्थित ढाँडेलाई पोषणमैत्री नमूना टोल सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभरिका ३९ वटा टोलमध्ये विश्व स्वास्थ्य सङ्गठनले तयार गरेको ७६ वटा मापदण्ड तथा सूचक पूरा गरेको पाइएपछि उक्त टोललाई पोषणमैत्री नमूना टोल सुनिश्चित र दिगोपना घोषणा गरिएको हो । पाँच वडा रहेको उक्त

घर भत्किँदा सुतिरहेकी महिलाको मृत्यु

२३ असार, डोटी । डोटीमा गए राति घर भत्किँदा एक  महिलाको मृत्यु भएको छ । घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो ।

नाला अतिक्रमण गरी बनाइएको संरचनामा चल्यो महानगरको डोजर

२३ असार, पर्सा । पर्साको वीरगञ्जस्थित बजार क्षेत्रका मुख्य नाला अतिक्रमण गरी बनाइएको संरचना महानगरपालिकाले आज भत्काएको छ । सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना भत्काउँदै आएको महानगरपालिकाले शुक्रबार वीरगञ्जको आदर्शनगर क्षेत्रस्थित मुख्य नाला अतिक्रमण गरी बनाइएको संरचना डोजर लगाएर भत्काएको हो । महानगरपालिकाले वीरगञ्ज महानगरपालिका १० आदर्शनगरस्थित होटल ओम रेसिडेन्सीको

प्राधिकरणले कर नतिरे महानगरले फोहोर उठाउँदैन : महानगर प्रमुख कोइराला

२३ असार, विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर नउठाएपछि विराटनगरस्थित नागरिक उड्डयन प्राधिकरण (विराटनगर विमानस्थल) ले महानगरलाई सबै किसिमको कर तिर्न तयार भएको छ । प्राधिकरणका विराटनगर प्रमुखसहितको टोलीले शुक्रबार महानगर प्रमुख नागेश कोइरालालाई भेटेर एक महिनाभित्र व्यवसाय, बहाललगायतका कर तिर्ने र नक्सा पास नभएका भवनको नक्सा पास गर्ने प्रतिबद्धता जनाएको

सेनाको टोलीले डिस्पोज गर्यो शङ्कास्पद वस्तु

२३ असार, कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाको सुक्खड बजारमा शुक्रबार फेला परेको ग्रिनेट जस्तो देखिने शङ्कास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय तुल्याएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सुक्खड बजारमा नाली खन्ने क्रममा फेला परेको उक्त वस्तु बडैपुरस्थित नेपाली सेनाको कालीदल गणबाट गएको टोलीले निस्क्रिय पारेको जनाएको छ।

भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिइने

२३ असार, भक्तपुर । विद्यालय तहदेखि उच्च शिक्षासम्ममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने अभियानमा जुटेको निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) एवं हिसानले विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेका छ । भक्तपुर जिल्लाका प्याब्सनमा आबद्ध विद्यालयबाट एसइई उत्तीर्ण गरी जिल्लाभित्रकै हिसान आबद्ध स्कुल एवं कलेजमा कक्षा ११ भर्ना

तथ्याङ्क नमिल्दा स्वास्थ्यका अभियानको प्रगति प्रभावित

२३ असार, बागलुङ । उपयुक्त तथ्याङ्कको अभावमा स्वास्थ्य कार्यालय बागलुङले सञ्चालन गर्ने अभियान प्रभावित हुने गरेका छन् । स्वास्थ्यसम्बन्धी विभिन्न अभियान सञ्चालन गर्दा सङ्घ तथा प्रदेश सरकारले अनुमानको आधारमा तोकिदिएको लक्ष्य भेटाउन कार्यालयलाई कठिन हुने गरेको छ । चालु आर्थिक वर्षका क्रियाकलापको जानकारी तथा कार्यालयको प्रगतिबारे जानकारी गराउँदै कार्यलय प्रमुख प्रवीण

सम्वन्धित समाचारहरु