१७ ,भाद्र ,बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट वडा नं ८ कुइनेमङ्गले जोड्ने सडक करिब साढे दुई महिनापछि सञ्चालन भएको छ । कुइनेमङ्गलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्डअन्तर्गत चिमखोलाको मालाङमा गएको पहिराले सडक अवरुद्ध भएको थियो । पहिरो ठूलो भएकाले वर्षात् नरोकिँदा सडक सञ्चालन हुनसकेको थिएन । वर्षा कम
१७ ,भाद्र ,कर्णाली । सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमूना परीक्षण गर्दा पिङ्क डिजिज (गुलाबी रोग) पत्ता लागेको थियो । रोग
१७ ,भाद्र ,जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए । वैकल्पिक ऊर्जा प्रवर्द्धनका इन्जिनियर दिनेश थपलियाले आगामी दसैँको घटस्थपानाका दिनसम्म
१६,भाद्र ,कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेशका सात सय ५९ वटै वडामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान सुरु गरेको छ । देशव्यापी तीन महिनाको अभियान कार्यक्रमअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाका सबै वडामा आज एकैदिन उद्घाटन गरिएको पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले
१६,भाद्र ,बैतडी । विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् । जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन् । स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक
१६ भदाै, गोरखा । गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा भेटिएको कुकर बमजस्तै देखिने शङ्कास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले मुख्य सडकको बीचमा राखेको बम आज बिहान ८ बजे निष्क्रिय बनाएको हो । गोरखा–आँबुखैरनी सडक अन्तर्गत पर्ने मुख्य सडकमा टेप बाँधेर राखेको अवस्थामा फेला
१६ भदाै, काभ्रे । मण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लघुउद्यमीका लागि ८० नयाँ उद्यमी जनशक्ति तयार पारेको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्युटिसियन र
१६ भदौ, काठमाडाैँ । नेपाल सितोरियो कराते सङ्घ बागमती प्रदेशको अध्यक्षमा गगन लामा चयन भएका छन् । सङ्घको आज यहाँ सम्पन्न प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सङ्घका अन्य पदाधिकारी तथा सदस्य नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । अधिवेशनले केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने सात प्रतिनिधि पनि
१६ भदौ, बैतडी । जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सञ्चालन गरेको छ । विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिने उद्देश्यले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालयहरुमा पुगेर विभिन्न सचेतनामूलक कक्षा सञ्चालनमा रहेका
१६ भदौ, पोखरा । वासस्थानको अभावमा प्रकृतिको कुचिकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् । पोखरा महानगरपालिका–१५ छिनेडाँडास्थित फोहर बिसर्जन स्थल परिवर्तन गरिएपछि थप चुनौती थपिएको छ । पोखरा उपत्यकामा बढ्दो बस्ती विकासको