Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विद्यालयमा पुगेर प्रहरीको सचेतना कक्षा


१६ भदौ, बैतडी । जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सञ्चालन गरेको छ । विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिने उद्देश्यले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालयहरुमा पुगेर विभिन्न सचेतनामूलक कक्षा सञ्चालनमा रहेका छन् । उनले भने, “समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउन जिल्लाभरिका विद्यालय र समुदायसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।”

कार्यक्रमअन्तर्गत जिल्लाका सबै प्रहरीचौकीबाट टोली खटेर विद्यालयमा सचेतना कक्षा सञ्चालन भइरहेका छन् । समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरण गर्न विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिन थालिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीले बताए ।

विद्यालयमा सञ्चालन हुने कक्षामा बालविवाह न्यूनीकरण, घरेलु हिंसा, लागुपदार्थ नियन्त्रण, आत्महत्या रोकथाम, ट्राफिक नियम लगायतका विषयमा छलफल हुने गरेको छ । उनले भने, “कक्षाकोठामै विद्यार्थीसँग सचेतनामूलक अन्तक्रिया गर्ने गरेका छौँ, यसले विकृति, विसङ्गती कम हुने विश्वास छ ।”

सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागुऔषध दुव्र्यसनी रोकथाम, लैङ्गिक हिंसा, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटना लगायतका विषयमा छलफल गर्ने गरिएको छ । विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तक्रियाले समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको विश्वास छ ।

उनले भने, “प्रहरी विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा समाजमा सकारात्कमक परिवर्तन आउनुका साथै विद्यार्थीमार्फत समाजमा हुने आपराधिक गतिविधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ ।”

प्रहरीले थालेको यो कार्यक्रमले गाउँ समाजमा हुने सामाजिक अपराध घटना न्यूनीकरण गर्न सहयोग पुग्ने दोगडाकेदारस्थित सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीमार्फत समाजमा हुने आपाराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

उनले भने, “विकृति, विसङ्गतीलगायतका विषयमा प्रहरीले दिइरहेको सचेतनामूलक कार्यक्रमले विद्यार्थीमार्फत सकारात्मक सन्देश जाने र अपराध न्यूनीकरणमा सहयोग पुग्छ ।” यसका साथै प्रहरीले गाउँ समाजमा सचेतना फैलाउने अभियान जारी राखेको छ । अपराध कम गर्न प्रहरीले जिल्लाका प्रत्येक टोल बस्तीमा खटिएर सचेतना कार्यक्रम जारी राखेको हो । विद्यालय तथा गाउँ टोलमा गरिने यस्ता सचेतनामूलक कार्यक्रमले समाजका हानिकारक प्रथा तथा प्रचलन हट्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?