Trending
>>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

विद्यालयमा पुगेर प्रहरीको सचेतना कक्षा


१६ भदौ, बैतडी । जिल्ला प्रहरी कार्यालयले ‘प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सञ्चालन गरेको छ । विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिने उद्देश्यले प्रहरी विद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालयहरुमा पुगेर विभिन्न सचेतनामूलक कक्षा सञ्चालनमा रहेका छन् । उनले भने, “समाजमा रहेका विभिन्न हानिकारक प्रथा प्रचलन हटाउन जिल्लाभरिका विद्यालय र समुदायसँग समन्वय गरेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।”

कार्यक्रमअन्तर्गत जिल्लाका सबै प्रहरीचौकीबाट टोली खटेर विद्यालयमा सचेतना कक्षा सञ्चालन भइरहेका छन् । समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरण गर्न विद्यालयमा गएर विद्यार्थीलाई सचेतना दिन थालिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक सरोजकुमार ठकुराठीले बताए ।

विद्यालयमा सञ्चालन हुने कक्षामा बालविवाह न्यूनीकरण, घरेलु हिंसा, लागुपदार्थ नियन्त्रण, आत्महत्या रोकथाम, ट्राफिक नियम लगायतका विषयमा छलफल हुने गरेको छ । उनले भने, “कक्षाकोठामै विद्यार्थीसँग सचेतनामूलक अन्तक्रिया गर्ने गरेका छौँ, यसले विकृति, विसङ्गती कम हुने विश्वास छ ।”

सामाजिक सञ्जालको गलत प्रयोग र कानुनी व्यवस्था, लागुऔषध दुव्र्यसनी रोकथाम, लैङ्गिक हिंसा, घरेलु हिंसा, आत्महत्या, बालविवाह, सामाजिक अपराध रोकथाम, ठगीका घटना लगायतका विषयमा छलफल गर्ने गरिएको छ । विद्यालयमै पुगेर किशोरकिशोरीसँग गरिने अन्तक्रियाले समाजमा हुने विभिन्न विकृतिलाई न्यूनीकरणका साथै हिंसाका घटनामा कमी हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीको विश्वास छ ।

उनले भने, “प्रहरी विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा समाजमा सकारात्कमक परिवर्तन आउनुका साथै विद्यार्थीमार्फत समाजमा हुने आपराधिक गतिविधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ ।”

प्रहरीले थालेको यो कार्यक्रमले गाउँ समाजमा हुने सामाजिक अपराध घटना न्यूनीकरण गर्न सहयोग पुग्ने दोगडाकेदारस्थित सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । विद्यालयमै पुगेर सचेतना कक्षा सञ्चालन गर्दा विद्यार्थीमार्फत समाजमा हुने आपाराधिक गतिवधि न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

उनले भने, “विकृति, विसङ्गतीलगायतका विषयमा प्रहरीले दिइरहेको सचेतनामूलक कार्यक्रमले विद्यार्थीमार्फत सकारात्मक सन्देश जाने र अपराध न्यूनीकरणमा सहयोग पुग्छ ।” यसका साथै प्रहरीले गाउँ समाजमा सचेतना फैलाउने अभियान जारी राखेको छ । अपराध कम गर्न प्रहरीले जिल्लाका प्रत्येक टोल बस्तीमा खटिएर सचेतना कार्यक्रम जारी राखेको हो । विद्यालय तथा गाउँ टोलमा गरिने यस्ता सचेतनामूलक कार्यक्रमले समाजका हानिकारक प्रथा तथा प्रचलन हट्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?