Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

प्रदेश समाचार


काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना

९ ,भाद्र ,काभ्रे । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्ष २०८०/०८१ मा तीन सय ७७ सिँचाइ आयोजना निर्माणको काम सञ्चालन हुनेछ । यसमध्ये सात वटा ठूला सिँचाइ आयोजना रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धुलिखेलले जनाएको छ । बागमती प्रदेश सरकार र सङ्घीय सरकारबाट चालु आवका लागि विनियोजित बजेटबाट यस वर्ष जिल्लामा

स्वीट्जरल्याण्डमा कर्णालीको लगानीसम्बन्धी छलफल गरिने

९ ,भाद्र ,कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्वीट्जरल्याण्डको जुरिचमा हुने कार्यक्रममा कर्णालीको लगानीसम्बन्धी छलफल गरिने बताएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको शुक्रबार बसेको ३४औँ बैठकलाई आफ्नो विदेश भ्रमणका बारेमा जानकारी दिँदै मुख्यमन्त्री शर्माले प्रदेशको समृद्धि र विकासका लागि सहयोग जुटाउन जुरिचमा जान थालिएको बताए । उनका अनुसार

बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा

९ ,भाद्र ,ढोरपाटन (बागलुङ) । भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् । वर्षाले घर

भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

८ ,भाद्र ,ढोरपाटन (बागलुङ) । भारी वर्षका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित ठाडोखोलामा बाढी आउँदा बागलुङ–बुर्तिबाङ–पूर्वी रुकुम पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङलगायत स्थानमा छुटेका मालवाहक तथा सवारीसाधान सडकमा ठप्प भएका

अरुण नदीको कटानले भोटखोलमा एक घर विस्थापित, १७ घर पहिराको उच्च जोखिममा

८ ,भाद्र ,किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ । त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । लगातारको वर्षाले अरुण नदीमा बाढीले कटान गर्दा भोटखोला–५ कपासेका १७ घर र एक

मधेस प्रदेशस्तरीय मोर्चा घोषणा

८ ,भाद्र ,वीरगञ्ज । समाजवादी मोर्चाले आज मधेस प्रदेशस्तरीय समाजवादी मोर्चाको घोषणा गरेको छ । मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देशसभामा मोर्चामा आबद्ध चारवटै दलबाट तीन/तीन जना रहने गरी १२ सदस्यीय मधेस प्रदेशस्तरीय मोर्चाको घोषणा गरिएको हो । मोर्चामा माओवादी केन्द्रबाट लिलामणि पोखरेल, अशोक जयसवाल र रामकुमार शर्मा, एकीकृत समाजवादीबाट धर्मनाथ

सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको छ : प्रधानमन्त्री

८ ,भाद्र ,वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेका छन् । समाजवादी मोर्चाद्वारा वीरगञ्जमा आज आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले भने, ‘‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी

सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण पहिलो

८ ,भाद्र ,महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त गर्यो । कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकअन्तर्गत रहेको श्रीदल गुल्मको संयोजनमा सम्पन्न पृतनापति प्रतियोगितामा

अर्थतन्त्र सुधारका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : मुख्यमन्त्री चौधरी

८ ,भाद्र ,बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुलुकको अर्थतन्त्र सुधारका लागि युवा उद्यमशीलतामा जोड दिनुपर्ने बताएका छन् । नेपाल जेसीजले तिलोत्तमामा आयोजना गरेको जेसीज क्षेत्र ‘घ’ सम्मेलन उद्घाटन गर्दै आज मुख्यमन्त्री चौधरीले पलायन भइरहेका युवा जनशक्तिलाई रोक्न मुलुकभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताए । उनले लुम्बिनी प्रदेशमा दुई लाख

प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गरेको आरोपमा तीनजना पक्राउ

८ भदाै, झापा । शिवसताक्षी नगरपालिका–९ झरना पुल नजिकै काममा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका–९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय विकास भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु छन् । उक्त स्थानमा लागूऔषध

सम्वन्धित समाचारहरु