Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना


९ ,भाद्र ,काभ्रे । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्ष २०८०/०८१ मा तीन सय ७७ सिँचाइ आयोजना निर्माणको काम सञ्चालन हुनेछ ।

यसमध्ये सात वटा ठूला सिँचाइ आयोजना रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धुलिखेलले जनाएको छ ।

बागमती प्रदेश सरकार र सङ्घीय सरकारबाट चालु आवका लागि विनियोजित बजेटबाट यस वर्ष जिल्लामा तीन सय ७५ वटा सिँचाइ योजना सञ्चालन हुने भएका हुन् ।

कार्यालयका सूचना अधिकारी इञ्जिनियर दीपक थापाका अनुसार यस वर्ष जिल्लामा सञ्चालन हुने ठूला सिँचाइका आयोजनामा नमोबुद्ध नगरपालिका–८ मा रु एक करोड १७ लाखको पिपलटार सिँचाइ योजना, रोशी गाउँपालिका–४ मा रु ९० लाखको कटुञ्जबेँसी लिफ्ट सिँचाइ (सोलार प्रणाली) योजना, नमोबुद्ध–२ मा रु ९० लाखको काशीखण्ड सिँचाइ योजना, नमोबुद्ध–६ मा रु ८० लाखको जाइफल डेडा तल्लोबेँसी सिँचाइ योजनाका लागि बजेट विनियोजन भएको छ ।

यस्तै खानीखोला गाउँपालिका–७ मा रु ९० लाखको बागमती दुर्लुङ दोभान बोरनवेशी महाँकाल बृहत् सिँचाइ आयोजना, रोशी–९ मा रु ८० लाखको मङ्गलटार लिफ्ट सिँचाइ योजना र सोही गाउँपालिका वडा नं ६ मा रु दुई करोडको महाभारत सेती शिकारी लेखपानी कालीञ्चोक खार्पाचोक सिँचाइ योजनाको काम हुने थापाले बताए ।

उनका अनुसार चालु आवमा निर्माण हुने ठूला सिँचाइ योजनामध्ये कटुञ्जेबेँसी लिफ्ट सिँचाइ, जाइफल डेडा तल्लोबेँसी र बागमती दुर्लुङ दोभान बोरनबेँसी सिँचाइ योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अघिल्लो आवमै सकिएको हो ।

चालु आवमा बागमती प्रदेश सरकारबाट सिँचाइका ठूला साना गरी तीन सय ५२ योजनाअन्तर्गत जिल्लाको पाँचखाल नगरपालिकामा ३८, मण्डनदेउपुर नगरमा ३९, भुम्लु गाउँपालिकामा २०, धुलिखेल नगरमा २४, बनेपा नगरमा १५, पनौती नगरमा साना ठूला सिँचाइ गरी २३ योजना, नमोबुद्ध नगरमा २६, रोशीमा ५६, तेमालमा २५, महाभारतमा २६, खानीखोलामा २१, बेथानचोकमा १३ र चौरीदेउराली गाउँपालिकामा २६ वटा योजनामा बजेट विनियोजन भएको कार्यालयले जनायो ।

यस वर्ष सङ्घीय सरकारबाट भने करिब २५ वटा योजनामा बजेट विनियोजन गरिएको छ । आयोजना सञ्चालनार्थ ठेक्का आह्वान तथा सम्झौता प्रक्रियाको काम भइरहेको थापाले बताए ।

काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । कार्यालयले गत आवमा कूल सिँचाइ योजनामध्ये ८९ प्रतिशतको निर्माणकार्य सम्पन्न गरेको जनाएको छ ।

जसमध्ये प्रदेशतर्फका एक सय १३ मध्ये एक सय आठ र सङ्घीय सरकारतर्फका ६० योजनामध्ये ४६ वटाको काम सम्पन्न गरेको थापाले बताए ।

गत वर्षबाट सुरु गरिएका १३ वटा बहुवर्षीय सिँचाइका योजनामध्ये पाँच योजनाको काम सम्पन्न भइसकेको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?