Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

अरुण नदीको कटानले भोटखोलमा एक घर विस्थापित, १७ घर पहिराको उच्च जोखिममा


८ ,भाद्र ,किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा एक घर विस्थापित भएको छ ।

त्यस्तै भोटखोला गाउँपालिका–५ स्थित कपासेमा अरुण नदीको कटानले १७ घर पहिराको उच्च जोखिममा परेको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।

लगातारको वर्षाले अरुण नदीमा बाढीले कटान गर्दा भोटखोला–५ कपासेका १७ घर र एक बाल केन्द्र विद्यालय जोखिममा परेको गाउँपालिका अध्यक्ष भोटेले बताए ।

बाढीले नदी किनार आसपास माटो कटान गर्न थालेपछि तटीय क्षेत्रमा रहेका ती घर बाढीको जोखिममा परेका हुन् ।

अध्यक्ष भोटेका अनुसार विस्थापित एक घरलाई सुरक्षित स्थानमा सारिएको छ ।

अरुण नदीबाट भोटखोला गाउँपालिका–४ गोलाबजारदेखि पारिपट्टि रहेको भोटखोला–५ कपासे गाउँ बाढीको जोखिममा परेको हो ।

माथिल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेको हुँदा अरुण नदीको तटीय क्षेत्रमा पानीको सतह बढ्दा खतरा हुने भएकाले सतर्क रहन आग्रह गरिएको गाउँपालिका अध्यक्ष भोटेले बताए ।


प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?