Trending
>>   कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू >>   कानून निर्माणको विषयलाई अड्कलबाजीको विषय बनाइनु हुन्नः कल्याण श्रेष्ठ >>   दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक–योलद्वारा जीवन कारावासको सजायविरुद्ध अपील >>   निर्वाचनका लागि मतदाताहरु उत्साही >>   नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमाः ८५ प्रतिशत सम्पन्न >>   इरानमाथि सम्भावित हमला भएमा टप जनरलले नेतृत्व गर्नेछन् : ट्रम्प >>   दिल्लीतर्फ जाँदै गरेको एयर एम्बुलेन्स झारखण्डमा दुर्घटनाः ७ जनाको मृत्यु >>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा
Logo
१३ फाल्गुन २०८२, बुधबार
१३ फाल्गुन २०८२, बुधबार

प्रदेश समाचार


दुग्ध उत्पादक कृषकलाई अनुदान

२४ असार ,दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी भएका हुन् । म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालु आर्थिक वर्षमा नौ हजार तीन सय ९४

लमसुङ र लुलाङ बर्खा यातायात सञ्जालबाट बिच्छेद

२४ असार ,म्याग्दी । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ । गाउँपालिकाको केन्द्र मुनाबाट वडा नं २ को खोरिया–लमसुङ हुँदै गुर्जा जोड्ने सडकले लुलाङगाउँ काटेको छ । सडकमा लमसुङमा दरखोला, वडा नं ३ को

नेपालगन्जको बजेट र नीति तथा कार्यक्रम पारित

२३ असार ,जानकी । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । आज बसेको नगरसभाको १३औँ अधिवेशनको दोस्रो बैठकमा नगरप्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएको हो । यही असार

मनोहरा करिडोरमा पार्क र साइकल लेन बनाइने

२३ असार ,काठमाडौँ । मनोहरा करिडोरअन्तर्गत बालकुमारी पुलदेखि बागमती दोभानसम्म पार्क र साइकल लेनलगायतका संरचना निर्माण सुरु गरिएको छ । केही वर्ष पहिले सम्पन्न भएर सञ्चालनमा रहेको सो सडकमा अहिले सडक र नदी बीचका बाँकी काम सुरु गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ । बालकुमारी–दोभान खण्डमा

सडक बिस्तारमा अवरोध नपुर्‍याउन आग्रह

२३ असार, हेटाैँडा । हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले सडक बिस्तारमा अबरोध नपुर्‍याउन आग्रह गरेकी छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ । बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा बढ्दो सवारी चाप र साँघुरो सडकका कारण बजार व्यवस्थापनमा समस्या हुने गरेको उनले बताइन् ।

नाका शील भएपछि पशुपतिनगर बजार सुनसान

२३ असार, इलाम । इलामको पशुपतिनगर नाका शील भएपछि बजार सुनसान भएको छ । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल निर्वाचनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । बिहीबार साँझ ५ बजे शील गरिएपछि शुक्रबार र शनिबार

नारायणगढ-मुग्लिन सडक फेरी अवरुद्ध

२३ असार, चितवन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ । अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर

टीकापुरमा केरा खेती फष्टाउँदै

२३ असार, कैलाली । कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् । टीकापुरमा केरा खेतीमा समर्पित कालु हमाल सुरुआतमा १० बोटबाट व्यवसाय सुरु गरेको बताउँछन् ।

नागरिकताका आधारमा केरूङ नाकामा पास दिइने

२३ असार, रसुवा । नेपाल-चीन सीमामा पर्ने केरूङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाणपत्रका आधारमा प्रदान गरिने भएको छ । यसअघि सीमा क्षेत्रका बासिन्दालाई केरूङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र वा बसाइँसराइको कागजका आधारमा स्थायी परिचयपत्र उपलब्ध गराइँदै आइएको थियो । बाहिर जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गरी केरूङ

काठमाडौँ महानगरले छात्रवृत्ति परीक्षा लिँदै, अनलाइनबाटै आवेदन फारम भर्न सकिने

२३ असार, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सञ्चालनको सूचना प्रकाशन गरेको छ । महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिकसत्र २०८०/८१ मा छात्रवृत्तिमा पढ्न चाहनेले यही असार २८ देखि साउन १२ गतेसम्म अनलाइन आवेदन फारम भर्न सूचनामा भनिएको छ । छात्रवृत्तिका

सम्वन्धित समाचारहरु