Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नाका शील भएपछि पशुपतिनगर बजार सुनसान


२३ असार, इलाम । इलामको पशुपतिनगर नाका शील भएपछि बजार सुनसान भएको छ । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल निर्वाचनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

बिहीबार साँझ ५ बजे शील गरिएपछि शुक्रबार र शनिबार बजार सुनसान भएको हो । “भारत, बङ्गलादेश, भुटानलगायत पर्यटक आउने नाका शील भएपछि दुई दिनदेखि व्यापार ठप्प भएको छ”, व्यापारी रोहित श्रेष्ठले भने, “यहाँको बजार बाह्य पर्यटकमा निर्भर छ ।”

व्यवसायी रामसिंह यादव भन्छन्, “कोरोना कहरदेखि यता चहलपहल निक्कै बढेको थियो । हिजो र आज लकडाउनकै सम्झना आयो ।” दार्जिलिङमा आज उक्त निर्वाचन हुँदैछ । आज बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

दार्जिलिङ र मिरिकबाट नेपाल प्रवेश र नेपालबाट भारत प्रवेश गर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर इलामको पूर्वी नाका हो ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?