Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

नाका शील भएपछि पशुपतिनगर बजार सुनसान


२३ असार, इलाम । इलामको पशुपतिनगर नाका शील भएपछि बजार सुनसान भएको छ । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल निर्वाचनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

बिहीबार साँझ ५ बजे शील गरिएपछि शुक्रबार र शनिबार बजार सुनसान भएको हो । “भारत, बङ्गलादेश, भुटानलगायत पर्यटक आउने नाका शील भएपछि दुई दिनदेखि व्यापार ठप्प भएको छ”, व्यापारी रोहित श्रेष्ठले भने, “यहाँको बजार बाह्य पर्यटकमा निर्भर छ ।”

व्यवसायी रामसिंह यादव भन्छन्, “कोरोना कहरदेखि यता चहलपहल निक्कै बढेको थियो । हिजो र आज लकडाउनकै सम्झना आयो ।” दार्जिलिङमा आज उक्त निर्वाचन हुँदैछ । आज बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

दार्जिलिङ र मिरिकबाट नेपाल प्रवेश र नेपालबाट भारत प्रवेश गर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर इलामको पूर्वी नाका हो ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?