Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

प्रदेश समाचार


नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय

काठमाडौं। उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका छन् भने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार सोमबार भएको भेटमा उत्तर कोरियाली राजदूत मेनले दूतावास बन्द गर्ने निर्णय सुनाएका हुन् ।

नेकपा एमालेको सचिवालय बैठक जारी

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा जाजरकोट भूकम्पले पुर्याएको क्षति, आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, आगामी मंसिरमा एमालेले धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ भने त्यसलगत्तै मध्यपहाडी लोकमार्ग भएर अभियान सञ्चालन गर्दै छ । नेकपा

चिनियाँ सेनाका २ वटा जहाजमा आएको राहत सामग्री गृहमन्त्री श्रेष्ठलाई हस्तान्तरण

पोखरा । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि राहत बोकेर २ वटा चिनियाँ जहाज पोखरा आइपुगेका छन् । उक्त जहाजमार्फत आएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । त्यस्तै, चिनियाँ जनमुक्ति सेनाका २ वटा जहाज १ लाख ७९ हजार किलो

जाजरकोट भूकम्प प्रभावितलाई निजामती कर्मचारीको केही दिनको तलबबाट सहयोग

काठमाडौं। जाजरकोट भूकम्प प्रभावितको सहयोगका लागि निजामती कर्मचारीहरुले पनि केही दिनको तलब सहयोग गर्ने भएका छन् । मंगलबार बसेको सचिवहरुको बैठकले सचिव र सहसचिवस्तरका कर्मचारीको ३ दिन, अधिकृतस्तरका कर्मचारीको २ दिन र सहायकस्तरसहित अरु तहका कर्मचारीबाट १ दिनको तलब बराबरको रकम सहायता गर्ने निर्णय गरेको हो । उक्त सचिवस्तरीय बैठकले

सुनचाँदीको मूल्य फेरी घट्यो

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटको छ । हिजो तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १४ हजार सात सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदी तोलामा २० रुपैयाँले

कामपाले सडकमा भेटिएका छाडा गाईबाच्छा काञ्जी हाउसमा राख्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छाको व्यवस्थापन गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले कात्तिक २३ गतेदेखि महानगरको सडकमा भेटिएका छाडा गाईबाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका–७ स्थित कोपुगाउँमा रहेको काञ्जी हाउसमा राखिने जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । “सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् भने तिर्खा लागेका बेला

पर्यटक तान्दै अस्तामको नौमती बाजा पार्क

गण्डकी। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं- ६ अस्ताममा रहेको नौमती बाजा पार्क यतिखेर पर्यटकको रोजाईमा पर्ने गरेको छ । समुन्द्री सतहबाट एक हजार पाँच सय पचास मिटरको उचाईमा प्राकृतिक सुन्दरताले भरिपूर्ण एवम् शान्त वातावरणको पोखरीडाँडामा निर्माण गरिएको पार्क आन्तरिक तथा वाह्रय पर्यटकका लागि थप गन्तव्य बनेको हो । त्यसैगरी

नागरिकको अधिकार सुनिश्चित गर्न कानुन कार्यान्वयन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानलाई कार्यान्वयनमा ल्याउँदै नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २७औँ साधारणसभाको सन्दर्भमा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा मानव अधिकार : संवैधानिक हक र प्रचलन’ विषयक अन्तरक्रियामा उहाँले संविधान बनाउनेहरूले कार्यान्वयन गर्ने इच्छाशक्ति देखाउनुपर्छ भने ।

भूकम्पपीडितका लागि प्राधिकरणद्वारा रु एक करोड प्रदान

काठमाडौं। जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ । त्यस्तै, प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री

शिवपुरी गाउँपालिकाको ‘लप्से झरना महोत्सव’ काग तिहारमा

काठमाडौं। नुवाकोट, शिवपुरी गाउँपालिका–६ स्थित लप्से झरनालाई लक्ष्य गरी यही कात्तिक २५ गते महोत्सव गरिने भएको छ । काठमाडौं, गँगबुबाट २५ किमी उत्तर पर्ने सो झरनास्थल टोखा हुँदै पुग्न करिब एक घन्टा लाग्छ भने करिब १५ मिनेट भने पैदल हिँड्नुपर्ने हुन्छ । ‘आन्तरिक र बाह्य पर्यटनमा सहभागी बनौँ’ भन्ने नाराका

सम्वन्धित समाचारहरु