Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

नेकपा एमालेको सचिवालय बैठक जारी


काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा जाजरकोट भूकम्पले पुर्याएको क्षति, आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा लगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, आगामी मंसिरमा एमालेले धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ भने त्यसलगत्तै मध्यपहाडी लोकमार्ग भएर अभियान सञ्चालन गर्दै छ । नेकपा एमालेको केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बैठकमा केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने, मध्यपहाडी लोकमार्ग भएर सञ्चालन हुने अभियानको कार्यक्रम तय गर्ने लगायतबारे छलफल गर्न बैठक बसेको जानकारी दिएका छन् ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?