Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय


काठमाडौं। उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका छन् भने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार सोमबार भएको भेटमा उत्तर कोरियाली राजदूत मेनले दूतावास बन्द गर्ने निर्णय सुनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले उत्तर कोरियाको यो निर्णयप्रति दुःख व्यक्त गर्दै राजदूत मेनसँग छिट्टै पुनः दूतावास सञ्चालनमा ल्याउने आशा रहेको बताएका थिए भने प्रचण्डले राजदूत मेनलाई उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउन भूमिका खेलेको भन्दै आभार समेत व्यक्त गरेका थिए । उनले छिमेकी मुलुक भारतमा दूतावासले नै नेपाल मामिला हेर्नेबारे जानकारी समेत दिएका छन् । त्यस्तै, राजदूत मेनले दूतावास बन्द गर्नुपर्ने कारणबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन् भने उनले बदलिँदो भूराजनीतिक परिवेश र आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालमा रहेको दूतावास बन्द गर्नुपर्ने अवस्था आएको समेत बताएका छन् ।

 


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?