Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

नेपालस्थित दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय


काठमाडौं। उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका छन् भने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार सोमबार भएको भेटमा उत्तर कोरियाली राजदूत मेनले दूतावास बन्द गर्ने निर्णय सुनाएका हुन् । प्रधानमन्त्री प्रचण्डले उत्तर कोरियाको यो निर्णयप्रति दुःख व्यक्त गर्दै राजदूत मेनसँग छिट्टै पुनः दूतावास सञ्चालनमा ल्याउने आशा रहेको बताएका थिए भने प्रचण्डले राजदूत मेनलाई उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउन भूमिका खेलेको भन्दै आभार समेत व्यक्त गरेका थिए । उनले छिमेकी मुलुक भारतमा दूतावासले नै नेपाल मामिला हेर्नेबारे जानकारी समेत दिएका छन् । त्यस्तै, राजदूत मेनले दूतावास बन्द गर्नुपर्ने कारणबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन् भने उनले बदलिँदो भूराजनीतिक परिवेश र आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालमा रहेको दूतावास बन्द गर्नुपर्ने अवस्था आएको समेत बताएका छन् ।

 


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?