Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

कामपाले सडकमा भेटिएका छाडा गाईबाच्छा काञ्जी हाउसमा राख्ने


काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छाको व्यवस्थापन गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले कात्तिक २३ गतेदेखि महानगरको सडकमा भेटिएका छाडा गाईबाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका–७ स्थित कोपुगाउँमा रहेको काञ्जी हाउसमा राखिने जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । “सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् भने तिर्खा लागेका बेला पानी तथा बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ”, प्रमुख शाहले उल्लेख गरे । उनले काञ्जी हाउसमा लगिने चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको, हेरचाहका लागि दुई जना स्थानीयवासीलाई दैनिक ज्यालादारीमा राखिएको र दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा उपलब्ध गराइने जानकारी दिए ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?