Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

कामपाले सडकमा भेटिएका छाडा गाईबाच्छा काञ्जी हाउसमा राख्ने


काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका छाडा गाईबाच्छाको व्यवस्थापन गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले कात्तिक २३ गतेदेखि महानगरको सडकमा भेटिएका छाडा गाईबाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका–७ स्थित कोपुगाउँमा रहेको काञ्जी हाउसमा राखिने जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । “सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् भने तिर्खा लागेका बेला पानी तथा बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ”, प्रमुख शाहले उल्लेख गरे । उनले काञ्जी हाउसमा लगिने चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको, हेरचाहका लागि दुई जना स्थानीयवासीलाई दैनिक ज्यालादारीमा राखिएको र दक्षिणकाली नगरपालिका–७ सँगको सहकार्यमा पानी, बिजुलीलगायत सुविधा उपलब्ध गराइने जानकारी दिए ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?