Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

शिवपुरी गाउँपालिकाको ‘लप्से झरना महोत्सव’ काग तिहारमा


काठमाडौं। नुवाकोट, शिवपुरी गाउँपालिका–६ स्थित लप्से झरनालाई लक्ष्य गरी यही कात्तिक २५ गते महोत्सव गरिने भएको छ । काठमाडौं, गँगबुबाट २५ किमी उत्तर पर्ने सो झरनास्थल टोखा हुँदै पुग्न करिब एक घन्टा लाग्छ भने करिब १५ मिनेट भने पैदल हिँड्नुपर्ने हुन्छ । ‘आन्तरिक र बाह्य पर्यटनमा सहभागी बनौँ’ भन्ने नाराका साथ काग तिहारका दिन शिवपुरी वडा समितिको कार्यालय–६ को आयोजना र शिवपुरी समुन्द्रा युवा क्लबको व्यवस्थापन सहयोगमा ‘लप्से झरना महोत्सव’ गर्न लागिएको हो । “चैत–वैशाखको सुख्खा मौसममा पनि पानी बग्ने सो झरनाको विशेषता हो”, आयोजक शिवपुरी–६ का वडाध्यक्ष विष्णु श्रेष्ठले भन्नुभयो, “महोत्सवको तयारीका लागि स्थानीय युवाहरूले बाटोसमेत निर्माण गरेका छन् । त्यहीँ नजिकको छङछङ गुर्जे झरनामा भने आगामी चैतमा महोत्सव गर्ने छौँ ।” उनका अनुसार विसं २०८१ मा चाहिँ टुनी खोला र चिलाउने छाँगा झरनासमेत समेटी चार झरना महोत्सव गरिने भएको छ ।

आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले गर्न लागिएको महोत्सवको उद्घाटन गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले गर्ने जनाइएको छ भने सो महोत्सवकै अवसरमा स्थानीय १०–१२ घरमा होमस्टे ‘घरबास’समेतको व्यवस्था मिलाइने भएको छ । “स्थानीय बासिन्दालाई अहिले आफ्ना सामान्य उत्पादन बेसार, अदुवा, सुन्तला, इस्कुस, भोगटे आदि बिक्रीका लागि राख्न भनेका छौँ, अर्को साल प्रदर्शनी कक्ष समेत राखी व्यवस्थित गरिने छ” वडाध्यक्ष श्रेष्ठले भने ।


प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?