धनकुटा। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-३ स्याउले मोड डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-७ गैरीटोल ठेगाना भएका २१ वर्षीय लिला बहादुर विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लिला बहादुरले ती बालिकालाई आफ्नै डेरा कोठामा लगि ललाई फकाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भ्रष्टाचार गर्नेलार्ई आजीवन कारावासको व्यवस्था गर्न सुझाव दिएका छन् । मुख्यमन्त्री सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार जनकपुरधाममा आयोजना गरेको “भ्रष्टाचार नियन्त्रण र सुशासन” विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार गर्नेलार्ई ५ वर्षदेखि १० वर्षसम्मको सजायलाई बढाएर आजीवन कारावासको व्यवस्था गर्नुपर्ने बताएका
काठमाडौँ । मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरमा एकजना पैदलयात्रीको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक जोरपाटीमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिञ्चोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिएका हुन् । दुर्घटनामा रामेछाप दोरम्वा गाउँंपालिका–४ घर भई हाल नलिञ्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद सेवाको प्रभावकारिताबारे समिक्षा गर्नुपर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले २३ वर्षअघि गठन गरिएको संसद सेवाको लक्ष्यमा पुग्नसक्यौं कि सकेनौं भनेर समिक्षा गर्नुपर्ने बेला भएको
काठमाडौँ । काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ । मंगलवार बिहान कबाडी संकलन केन्द्रमा आगलागी भएको हो । कबाडी संकलन केन्द्र र बंगुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए । आगलागिको जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो
काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आइतबार बिहान चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको एनएल-०२ एल-३९०७ नम्बरको दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट
काठमाडौँ ।उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।बिहीवार काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले नेपाल अहिले तिब्र शहरीकरणबाट गुज्रिरहेको बताउनु भयो । उहाँले आधारभुत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी
काठमाडौँ । रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायले अयोध्यावासीका लागि पूजनीय स्थान जनकपुरधाम रहेको बताउनुभएको छ ।विवाहपञ्चमीको अवसरमा बिहीवार जनकपुरधाम आइपुग्नुभएका महासचिव रायले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले अयोध्या र जनकपुरधामबीच अटुट सांस्कृतिक सम्बन्ध रहेको पनि बताउनु भयो । महासचिव रायले लोककल्याणका लागि भगवान विष्णुले रामको
काठमाडौँ। आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भुमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा छलफल हुनेछ ।
काठमाडौं । रिक्त ४१ स्थानमा शनिबार भएको उपनिर्वाचनमा करिब ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको । आयोगले आइतबार साँझ विज्ञप्ति जारी गर्दै मतदान कार्य शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जानकारी गराएको छ । उपनिर्वाचन भएका स्थानीय तह तथा वडाको अन्तिम मतदाता नामावलीमा २ लाख २६ हजार ७९९ मतदाता रहेको