Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

संसद सेवाको प्रभावकारिताबारे समिक्षा गरौंः राष्ट्रिय सभा अध्यक्ष


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद सेवाको प्रभावकारिताबारे समिक्षा गर्नुपर्ने बताएका छन्  ।

शुक्रवार सिंहदरबारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका  हुन् । उनले २३ वर्षअघि गठन गरिएको संसद सेवाको लक्ष्यमा पुग्नसक्यौं कि सकेनौं भनेर समिक्षा गर्नुपर्ने बेला भएको बताए  ।

उहाँले संसदको आवश्यकताअनुसार संसद सेवाको पुनःसंरचनाको लागि नीतिगत, तथा व्यवहारिक पहलकदमी बढाउनुपर्नेमा जोड दिए ।  उनले  संविधानमा राज्यका तीन वटै अंगहरुको भूमिका प्रष्टसँग उल्लेख गरिएको उल्लेख गर्दै व्यवहारिक रुपमा प्रयोग भए÷नभएको समिक्षा गर्न जरुरी रहेको समेत बताए  ।

उनले भने , ‘संसदको मुख्य काम कानून निर्माण, संसदीय निगरानीका साथै सरकारलाई जवाफदेही र जनताप्रति उत्तरदायी बनाउन निरन्तर खबरदारी गरिरहनु हो । आजको संसद्ले आफ्नो मुख्य काममा कतिका प्रभावकारी भुमिका निर्वाह गरिरहेको छ ? संघीय संसद र सांसदहरुले खेलेको भुमिका कस्तो छ ? २३ वर्षअघि जुन लक्ष्य, उद्देश्य र सोचले लिएर अलग्गै संसद सेवा गठन गरिएको थियो । यसको लक्ष्यमा हामी पुग्नसक्यौं कि सकेनौं ? स्वायत्त सेवाको रुपमा गठन गरेको संसद सेवाले सेवाको प्रभावकारितामा योगदान दिन के कस्ता वाधा र व्यवधानहरु भोगिरहेको छ ? संसद सेवा आफैं कति स्वायत्त र बलियो छ ? हामीले विभिन्न फोरमहरुमा छलफल गरेर निस्कर्ष निकाल्नुपर्छ । म विशेष जोड दिएर भन्न चाहान्छु, हरेका वर्ष मनाइने यो संसद सेवा दिवसमा मात्र छलफल, बहस गरेर पुग्दैन । संसदको आवश्यक्ता अनुसार संसद सेवाको पुर्नसंरचनाको लागि नीतिगत, तथा व्यवहारिक पहलकदमी बढाउन उत्तिकै जरुरी छ । हामीले संविधानमै राज्यका तीन अंग र तिनका भूमिकालाई प्रष्ट गरिसकेका छौं । व्यवहारिक रुपमा त्यसको प्रयोग भइरहेको छ कि छैन त्यसका बारेमा पनि हामी सबै पक्षले समिक्षा गर्न जरुरी छ ।’

सचिवालयका कर्मचारी सांसद र सरकारले संसद सेवालाई प्रभाकारी बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा उनको  जोड छ ।


प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?