Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी


काठमाडौँ । काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ ।

मंगलवार बिहान कबाडी संकलन केन्द्रमा आगलागी भएको हो । कबाडी संकलन केन्द्र र बंगुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए  ।  आगलागिको जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको बताए  ।

आगलागि भएको स्थानमा जस्तापाताका टहराहरु बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको बताए ।  उनले  स्काभेटर मगाएर जस्तापाता  हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए  ।

उनले  भने , ‘यहाँ कवाडी, बंगुर पालन गरेको रहेछ । हामीले थाहा पाउने बित्तिकै आएर आगो नियन्त्रण लिँदैछौँ । नियन्त्रण पूरा भएको छैन । लगभग आधाआधा जति नियन्त्रणमा आइसकेको छ । जस्ता भएको कारणले निभाउन अलि अफ्ठ्यारो छ । स्काइभेटर बोलाएर निभाउने प्रयास गर्दैछौँ । आधा नियन्त्रणमा आएको छ । तीन वटा दमकल आएको छ । तीन वटाबाट निभाउने प्रयास भइरहेको छ ।’

अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय लगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?