४ जेठ, म्याग्दी । चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ । म्याग्दी नदीको किनार नजिकै बग्ने तातोपानीको मूललाई सङ्कलन गरिएको कुण्डमा स्नान गरी उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । तर कुण्ड परिसरमा पूर्वाधारको अभाव भएपछि समस्या भएको छ ।
४ जेठ, पर्सा । पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गरेको महानगरपालिकाले सो कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि ग्रामीण
४ जेठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाका भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन् । आज बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले जानकारी दिए । आक्रमण लगत्तै
४ जेठ, म्याग्दी । वर्षा सँगै परेको चट्याङ लागेर मङ्गला गाउँपालिका–३ मा एक जना महिलाको मृत्यु भएको छ । मङ्गला गाउँपालिका–३ सातबिसे घर भै मङ्गला गाउँपालिका–३ कै घाम्ताङमा छोरीको घरमा गएकी ६० वर्षीया महिलाको चट्याङ्ग लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तले बताए । छोरीको घरमा
४ जेठ, काठमाडाैँ । विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा अभियानको नमूना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो । बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने
४ जेठ, जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लामा जनशक्तिको अभाव भएको छ । जनशक्ति अभावका कारण प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई अधिकृतस्तरका तीन कर्मचारीको कामसमेत एक्लैले गर्नुपरेको छ । विसं २०७९ चैत २२ गते जुम्लामा हाजिर हुनुभएका प्रमुख जिल्ला अधिकारी घिमिरे हिमाली जिल्ला जुम्लाको पहिलो राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी छन् ।
४ जेठ, गोरखा । गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको हो । लमजुङको दोर्दी गाउँपालिकामा बुधबार भएको छलफलमा
४ जेष्ठ ,महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् । जिल्ला प्रहरी कार्यालयले सो सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिनालगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिकरुपमै आह्वान गरेपछि उनीहरु जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।
४ जेष्ठ ,कास्की । दलित महिला सङ्घ (फेडो)ले प्रत्येक अदालतमा जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै राज्यले प्रत्येक पालिकामा सरकारले गठन गर्ने भनी घोषणा गरेको छुवाछूत निगरानी केन्द्रसमेत अझै गठन नभएकामा सरकारको ध्यानाकर्षण गराएको छ । न्याय, समानता र सम्मानका लागि
४ जेष्ठ ,जानकी । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ । ‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो । उक्त अभियानअन्तर्गत नेपालगञ्जमा एक सय ९० जनालाई समेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य