Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

जुम्ला प्रशासनमा जनशक्ति अभाव


४ जेठ, जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लामा जनशक्तिको अभाव भएको छ । जनशक्ति अभावका कारण प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई अधिकृतस्तरका तीन कर्मचारीको कामसमेत एक्लैले गर्नुपरेको छ ।

विसं २०७९ चैत २२ गते जुम्लामा हाजिर हुनुभएका प्रमुख जिल्ला अधिकारी घिमिरे हिमाली जिल्ला जुम्लाको पहिलो राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी छन् । प्रजिअ घिमिरे हाजिर भएयता उनि मातहतका न उपसचिव छन् न दुई अधिकृत कर्मचारी । चार जना अधिकृतस्तरको दरबन्दी भएको जिल्ला प्रशासन कार्यालय जुम्लामा सबैको काम आफैँले सम्हाल्नुपरेको प्रजिअ घिमिरेले बताए ।

“धेरै पटक गृहमा कर्मचारी पठाउन अनुरोध गरेको छु”, उनले भने, “तर अहिलेसम्म कोही पनि पठाउने काम भएको छैन । यसले गर्दा प्रशासनका दैनिक काम प्रभावित भएका छन् र यसले सेवाग्रहीलाई समस्या भएको छ ।” नागरिकता दिनेदेखि जनताका प्रत्यक्ष सरोकारका काममा एक्लैले जोतिनुपरेको उनले बताए ।

प्रजिअ घिमिरेका अनुसार नीतिगत तहदेखि जनस्तरसम्मका काम गर्नुपर्दा निकै भार भएको छ । गृहले जतिसक्दो एकजना भए पनि अधिकृतस्तरका कर्मचारी जुम्ला पठाइदिए सेवाग्राहीलाई सेवा दिन सहज हुनेछ ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?