Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जुम्ला प्रशासनमा जनशक्ति अभाव


४ जेठ, जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लामा जनशक्तिको अभाव भएको छ । जनशक्ति अभावका कारण प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई अधिकृतस्तरका तीन कर्मचारीको कामसमेत एक्लैले गर्नुपरेको छ ।

विसं २०७९ चैत २२ गते जुम्लामा हाजिर हुनुभएका प्रमुख जिल्ला अधिकारी घिमिरे हिमाली जिल्ला जुम्लाको पहिलो राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी छन् । प्रजिअ घिमिरे हाजिर भएयता उनि मातहतका न उपसचिव छन् न दुई अधिकृत कर्मचारी । चार जना अधिकृतस्तरको दरबन्दी भएको जिल्ला प्रशासन कार्यालय जुम्लामा सबैको काम आफैँले सम्हाल्नुपरेको प्रजिअ घिमिरेले बताए ।

“धेरै पटक गृहमा कर्मचारी पठाउन अनुरोध गरेको छु”, उनले भने, “तर अहिलेसम्म कोही पनि पठाउने काम भएको छैन । यसले गर्दा प्रशासनका दैनिक काम प्रभावित भएका छन् र यसले सेवाग्रहीलाई समस्या भएको छ ।” नागरिकता दिनेदेखि जनताका प्रत्यक्ष सरोकारका काममा एक्लैले जोतिनुपरेको उनले बताए ।

प्रजिअ घिमिरेका अनुसार नीतिगत तहदेखि जनस्तरसम्मका काम गर्नुपर्दा निकै भार भएको छ । गृहले जतिसक्दो एकजना भए पनि अधिकृतस्तरका कर्मचारी जुम्ला पठाइदिए सेवाग्राहीलाई सेवा दिन सहज हुनेछ ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?