Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

छोरीको घरमा गएकी आमाको चट्याङ लागेर मृत्यु


४ जेठ, म्याग्दी । वर्षा सँगै परेको चट्याङ लागेर मङ्गला गाउँपालिका–३ मा एक जना महिलाको मृत्यु भएको छ । मङ्गला गाउँपालिका–३ सातबिसे घर भै मङ्गला गाउँपालिका–३ कै घाम्ताङमा छोरीको घरमा गएकी ६० वर्षीया महिलाको चट्याङ्ग लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

छोरीको घरमा आएकी जगदेवी कामीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । उनले भने ‘बुधवार चट्याङ लागेर मृत्यु भएको मृतकका ज्वाइँले प्रहरीमा खबर गरेका थिए ।’

मृतकको सब पोस्टमार्टमका लागि सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सूचना अधिकारी किरण लामाले बताए ।

घटनाको जानकारी पाउँदासाथ इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक पन्तको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनास्थल मुचुल्का बनाएर सबलाई बेनी अस्पतालमा पठाएको उनले बताए ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?