Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

छोरीको घरमा गएकी आमाको चट्याङ लागेर मृत्यु


४ जेठ, म्याग्दी । वर्षा सँगै परेको चट्याङ लागेर मङ्गला गाउँपालिका–३ मा एक जना महिलाको मृत्यु भएको छ । मङ्गला गाउँपालिका–३ सातबिसे घर भै मङ्गला गाउँपालिका–३ कै घाम्ताङमा छोरीको घरमा गएकी ६० वर्षीया महिलाको चट्याङ्ग लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सागर पन्तले बताए ।

छोरीको घरमा आएकी जगदेवी कामीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । उनले भने ‘बुधवार चट्याङ लागेर मृत्यु भएको मृतकका ज्वाइँले प्रहरीमा खबर गरेका थिए ।’

मृतकको सब पोस्टमार्टमका लागि सदरमुकाम बेनी स्थित बेनी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सूचना अधिकारी किरण लामाले बताए ।

घटनाको जानकारी पाउँदासाथ इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक पन्तको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घटनास्थल मुचुल्का बनाएर सबलाई बेनी अस्पतालमा पठाएको उनले बताए ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?