२९ जेष्ठ ,विराटनगर । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका
२९ जेष्ठ ,गण्डकी । गण्डकी प्रदेश सरकारले पशुको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रदेशलाई आत्मनिर्भर एवं व्यावसायिक बनाउन गाई, भैँसीको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू
२८ जेष्ठ ,बनियानी । झापाको भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माणका लागि सङ्घीय सरकारले रु दुई करोड बजेट विनियोजन गरेको छ । विपन्न आदिवासी सन्थाल समुदायको घर निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विशेष अनुदानस्वरुप उक्त रकम आएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिए
२८ जेठ, डोटी । डोटीको सेती नदीमा नुहाउने क्रममा बगेर एक जनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिं थापाका अनुसार डोटीको पूर्वीचौकी गाउँपालिका –४ का अन्दाजी ३८ बर्षका तेजबहादुर खड्काको ज्यान गएको हो । डोटीको दिपायलस्थित सेती पुल नजिक नुहाउने क्रममा नदीमा बगेर उनको ज्यान गएको प्रहरीले
२८ जेठ, म्याग्दी । कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत बेनी– गलेश्वर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको छ । गत माघदेखि निर्माण सुरुभएको उक्त योजनाको पाँच महिनाको अवधिमा ८० प्रतिशत स्तरोन्नतिको काम पूरा भएको कालीगण्डकी कोरिडोरका बेनी–जोमसोम कोरला सडक योजना प्रमुख जगत प्रजापतिले बताए । मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिका सञ्चालक एवम् निर्माण
२८ जेठ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा २० वटा गोहीका बच्चा कोरलिएका छन् । केन्द्रको गुँड नम्बर २ मा राखिएको ३७ वटा अण्डामध्येबाट बीस वटालाई प्रयोगशाला कक्षको इन्कुबेटरमा राखेर ३२ डिग्री तापक्रममा बच्चा जन्माइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती अण्डाबाट जेठ २४ गते ती
२८ जेठ, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि तीन दिन प्रदेशसभामा छलफल हुने भएको छ । सभामुख तुलाराम घर्तीले आजको छैठौंँ वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न तीन दिन समय तोकिएको जानकारी गराए । नीति तथा कार्यक्रममाथिको छलफल यही जेठ ३१ गतेसम्म चल्ने छ । नीति
२८ जेठ, जुम्ला । सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ । सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्रमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार भई विद्युत् सेवा सञ्चालनमा आएको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए
२८ जेठ, तनहुँ । आबुखैरेनी गाउँपालिका–५ रसौलीमा आज एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो । आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको
२८ जेठ, सुर्खेत । गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहड्ताल गरिएको छ । विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरेको हो । बन्दले कञ्चनपुरमा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।