९ श्रावण, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उनले भने,“पहिरो पन्छाउने क्रम सुरु
८ ,श्रावण ,काठमाडौँ । सरकारी वकिल कार्यालयका महान्याधिवक्ता दिनमणि पोखरेलले थुनुवा तथा बन्दीका विषयमा सरकारी र निजी वकिलहरूको भूमिका मजबुत बनाउन आफू लागि पर्ने बताएका छन् । स्वतन्त्र कानून व्यवसायीहरूले थुनुवा तथा बन्दीका विषयमा सरकारी र निजी वकिलहरूको भूमिकाका बारेमा प्रश्न उठाउँदै सरकारी वलिकको कार्यलयममा पुगेपछि महान्याधिवक्ता पोखरेलले यस्तो बताएका
८ ,श्रावण ,खलङ्गा । दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको आज उद्घाटन गरिएको छ । गत शुक्रबार परीक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डे र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह
८ श्रावण, दाङ । दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका–७ मामाघर बस्दै आएका मनोज वली रहेका छन् । गए राति १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको
८ श्रावण, भोजपुर । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बालीविज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकामा गत वर्षबाट सञ्चालनमा आएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बालीविज्ञान पढ्ने विद्यार्थीलाई गाउँपालिकाकाले छात्रवृत्ति सहयोग गर्न लागेको हो । रामप्रसाद राई–५ मानेभञ्ज्याङ, आमबोटेमा गत वर्षबाट शिक्षालय
८ श्रावण, बागलुङ । ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् । यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त मानिन्छ । उच्च पहाडी क्षेत्र भएको
८ श्रावण, बाजुरा । बाजुरामा खोलामा आएको बाढीले बगाउँदा ट्रयाक्टर चालक बेपत्ता भएका छन् । मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली खोलाको बाढीले गए राति से २ त ३२२५ नम्बरको ट्रयाक्टर बगाउँदा चालक डुबनारायण चौधरी बेपत्ता भएको प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । प्रहरीले बेपत्ता चालक चौधरीको खोजी गरिरहेको छ ।
८ श्रावण, नेपालगञ्ज । नेपालगन्जमा वर्षौँदेखि डुबानको समस्या अन्त्य गर्न सुर्खेत रोडस्थित मुख्य नाला रहेको पुलको निकासलाई फराकिलो पार्न थालिएको छ । केही वर्ष अगाडि निर्माण भएको करिब ८–१० मिटरको नालाको बीचको भागबाट निकास तीन मिटर मात्र बनाएपछि पानी थुुनिएर बर्सेनि नेपालगन्ज नगर डुबानमा पर्ने समस्या हुँदै आएकामा अहिले समस्या
८ श्रावण, बाँके । बाँकेमा आन्तरिक खपत तथा निर्यातमा महत्व राख्ने ठूला लगानीका उद्योग थपिँदै गएका छन् । बैजनाथ गाउँपालिकामा सरकारले निर्माण गर्ने भनिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र अलपत्र परिरहँदा उद्योगीले कोहलपुर नगरपािलका र जानकी गाउँपालिका क्षेत्रमा धमाधम नयाँ उद्योग स्थापना तथा सञ्चालन गर्दै आएका छन् । कैलालीको लम्कीमा पशुपक्षी र मानिसलाई
८ श्रावण, दाङ । दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए । “पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ किलोमिटर सडकको बेस फिलिङको काम सुरु भएको छ”, उनले भने, “अबको केही समयमा तुलसीपुर क्षेत्रमा