११ बैशाख,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले हामी सबैको दायित्व भएको बताउनुभएको छ । नेपाल रिपब्लिक मिडिया १५ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रधानमन्त्रीले भन्नुभयो, 'हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि
११ वैशाख, तनहुँ । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । हालसम्म २९ हजार आठ सय दुई मतगणना हुँदा वाग्लेले १५ हजार एक सय ३५ मत प्राप्त गर्नुभएको छ । साथै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द
११ वैशाख, महोत्तरी । महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका–४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो । सशस्त्र एसपी लेखनाथ खनालले स्थिति नियन्त्रणमा लिन १३ सेल अश्रु ग्यास प्रहार गरेको जनाए । स्थिति शान्तिपूर्ण
११ वैशाख, काठमाडाैँ । चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको मतगणना जारी रहँदा लामिछाने ११५५ मत सहित अघि लागेका हुन् । ६५५ मत सहित दोश्रो स्थानमा रहेका नेकपा एमालेका रामप्रसाद न्यौपानेले उनलाई पछ्याइरहेका छन् । त्यसैगरी,
११ वैशाख, चितवन । चितवन २ को प्रारम्भिक मतगणनामा नेकपा एमालेका रामप्रसाद न्याैपानले अग्रता लिएका छन् । मतगणना सुरू भएपछि पहिलो पटक दिइएको अपडेटमा ३७६ मत सहित न्याैपानेले अग्रता लिएका हुन् । त्यस्तै, दोश्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३१९ मत पाएका छन् । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ २४४
११ वैशाख, मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका– २ बोक्सी खोलामा वैशाख आठ गतेदेखि सुरु भएको चौरीको आलो रगत पिउने मेलामा भीड लागेको छ । याक र चौंरीबाट आलो रगत निकालेर पिउने मानिसको भीड बढेको हो । मेलामा मुस्ताङी भन्दा म्याग्दी, पोखरा, चितवन, नवलपरासी, तनहुँ, पर्वत, बुटवल, काठमाडौँबाट आउने धेरै छन्
११ वैशाख, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । तनहुँ १ मा उपनिर्वाचनको मतगणना जारी रहँदा वाग्ले १५ हजार १३५ मत सहित अघि बढेका हुन् । २९ हजार ८०२ मत गन्दा वाग्लेको पक्षमा आधा भन्दा बढी मत आएको छ । त्यसैगरी, नेपाली कांग्रेसमा गोविन्द
११ वैशाख, चितवन । चितवन २ मा मतगणना सुरू भएको छ । इच्छाकामना गाउँपालिकाबाट मतगणना गर्न सुरू गरिएको जानकारी दिइएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको भएता पनि करिब १ घण्टा ढिलो गरी मतगणना सुरू भएको हो । सर्वदलीय बैठकमा नेपाली कांग्रेसले
११ वैशाख, बारा । बारा १ को प्रारम्भिक मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । प्रारम्भिक चरणमा ६७० मत गन्दा यावदले २२४ मत ल्याएका छन् । त्यस्तै, जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा १७० मत ल्याउँदा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत सहित तेश्रोमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले
११ वैशाख, गोरखा । अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।